Logo

Student Corner

पीडा

Written by: Riddhis Sharma - 26006, Grade IX

Posted on: 20 October, 2022

रातको चिसो हेर कति धेरै रहेछ
चन्द्रमा त आकाशमा बसिरहेछ 
बाहिर जाँदा ताजापनले मन भरिदियो
तर पनि बाहिर जान खतरा धेरै थियाे  

बढ्दै गयो लकडाउन के पाेे गर्ने हो ?
जिन्दगी त पिँजराको चरा जस्तै भाे 
घरभित्रकाे बास  काम केही छैन
यता उता हेऱ्यो खाली भरी कतै छैन

बाच्नलाई पनि गाह्रो हुन थाल्यो अब
खानलाई पनि धौ धौ हुन थाल्यो अब 
जिन्दगीको पीडा अब भनु कसलाई
कसको सामु जाउँ अब पीडा पाेख्नलाई

लकडाउन भरी घरभित्र बसिरहे म 
काम नपाई माेबाइलमा खेलिरहेँ म
उकुसमुकुस मात्र भयाे कसाे गरी जिउने
न त शिक्षा न त राेजगार कसाे गरी जिउने