Logo

Student Corner

फुटबल

Written by: Ruhjen Jung Khadka - 32014, Grade III

Posted on: 20 October, 2022

मेरो मन पर्ने खेल फुटबल हो । यो मैदानमा खेल्ने खेल हो । यो दुईवटा टिमले खेल्ने खेल हो । हरेक टिममा गोलरक्षक सहित ११ जना खेलाडी हुन्छन् । खेलको निर्णयको लागि एउटा रेफ्री हुन्छ । फुटबल संसारकै प्रख्यात खेल हाे । विश्वको हरेक देशमा यो खेल खेलिन्छ । याे खेल सानादेखि ठुलासम्मले खेल्ने र हेर्ने खेल हो । विश्वकप, युरोकप आदि खेलहरु प्रख्यात छन् । मलाई पनि फुटबल हेर्न र खेल्न दुवै मन पर्छ । मेरो मन पर्ने खेलाडीको नाम मेस्सी हो, जो अर्जेन्टिना भन्‍ने देशको हो । मलाई पनि ठुलो भएपछि प्रख्यात फुटबल खेलाडी बन्‍ने मन छ ।