Logo

Student Corner

खोजी हेरेँ

Written by: Aswin Siwakoti - 23014, Grade XII

Posted on: 19 October, 2022

खोजी हेरेँ

संसारको सबै कुनामा खोजी हेरेँ
आकाशदेखि सागर तरी खोजी हेरेँ
तर भेटिन मैले त्यो . . . . . ।
यो मनले खोजेको शान्ति,
यो मनले खोजेको सन्तुष्टि
याे मनले खाेजेकाे आनन्द ।

मैले खाेजेका सबै कुरा त
केवल बोलीमा मात्रै सीमित रहेछन् ।
न त शान्ति नै पाएँ,
न त सन्तुष्टि नै पाएँ,
यसो नियाली हेरेँ,

जीवनकाे गाेरेटाेमा
उकाली ओरालीमा,
पाएँ निराशा र छटपटी
अस्तित्व त रहेछ त केवल झुटो,
यो जीवन पनि कति अनौठो
निराशाभित्र कति आशा लुकेका

त्यही झुटकाे खोजीमा हिँडी रहेको छु
हस्याङ्फस्याङ् गर्दै 
दिनरात, झरी नभनी, 
केवल बोलीमा मात्रै सीमित रहेछ, 
न त शान्ति नै पाएँ,
न त सन्तुष्टि नै पाएँ,
न त आनन्द नै पाएँ ।