Logo

Student Corner

किताबमा हराउन मन पर्छ

Written by: Aarav B.C. - 25001, Grade X

Posted on: 19 October, 2022

मलाई किताबमा हराउन असाध्यै मन पर्छ।  
खै किन हो कुन्नि ? 
त्यसमा भएका पात्रहरूले हो कि, किताबको कथावस्तुले हो 
मलाई किताबमा हराउन असाध्यै मन पर्छ ।

ती भावनाहरू जुन आउँछन्
ती कथाहरू जसले मेरो मन छुन्छ
ती कल्पनाहरू जुन किताब पढ्दा मेरो मनमा आउँछन्
मलाई किताबमा हराउन असाध्यै मन पर्छ।  

ठुलो रहस्यमय समुद्रको कल्पनामा रहे जस्तै 
चारैतिर शान्ति छाएको अनुभूति जस्तै  
आहा कति रमाईलो अनुभव यो 
मलाई किताबमा हराउन असाध्यै मन पर्छ।

किताबमा हराउँदा मलाई कसैको बारे ख्याल आउँदैन
जीवनका दुःख, सुःख सबै भुलेर
कथामा नै मग्नमस्त हुन मन पर्छ 
मलाई असाध्यै रमाईलो लाग्छ।  
कहिले पात्रको खुसिमा रमाउँछु
त कहिले पात्रको दुःखमा रुन्छु 
कहिले आफैँ किताबमा डुबेर मग्नमस्त  हुन्छु
कहिले आफैँ पात्र भएर रमाउँछु
साँच्चै मलाई किताबमा हराउन असाध्यै मन पर्छ। 
साँच्चै मलाई किताबमा हराउन असाध्यै मन पर्छ।।