Logo

Student Corner

रूखहरू हाम्रा सबैभन्दा मिल्ने साथी

Written by: Aarohan Timalsina - 29057, Grade VI

Posted on: 19 October, 2022

रुखहरू हाम्रा सबैभन्दा मिल्ने साथी हुन् । यसमा कुनै शङ्का छैन। रुखहरू हामीलाई सबैथोक दिन्छन्। रुखबिना धर्तीमा जीवन सफल हुँदैन। रुखहरूले हामीलाई अक्सिजन दिन्छन्। अक्सिजनबिना धर्तीमा कुनै पनि प्राणी बँच्न सक्दैनन् त्यसैले रुखहरू धेरै महत्त्पूर्ण हुन्छन् । रुखहरूको महिमा ठुलो हुन्छ । रुखहरू हामीलाई धेरै कुरा दिन्छन् । हामीले रुखहरूलाई जति काटे पनि, जति प्रयोग गरे पनि रुखहरू हामीबाट केही कुरा पनि माग्दैनन् । रुखहरू हामीलाई सहयोग गर्छन तर रुखहरूले हामीलाई जति कुरा दिए पनि हामीले रुखहरूलाई जति प्रयोग गरे पनि हामी रुखहरूले गरेको सहयोग कहिल्यै फिर्ता गर्न सक्दैनौँ । त्यसैले रुखहरूको महिमा धेरै ठुलो छ । जसरी हामी आफ्ना साथीहरूलाई सबै कुरा बाडछौँ । त्यसै गरी रुखहरू पनि हामीलाई सबैकुरा बाड्छन् । रुखहरू हामीलाई छाया, फलफूल ,अक्सिजन लगायतका अति आवश्यक कुरा दिन्छन् हामी पनि रुखहरूलाई मदत गर्छौ । हामीले रुखलाई कार्बन डाइअक्साइड दिन्छाैँ । कार्बन डाइअक्साइडबिना रुखहरू पनि बाँच्न सक्दैनन् । हामीले पनि रुखहरूलाई मदत गर्दैछौँ भन्ने कुरा सुनेर हामी खुसी हुनुपर्छ किन भने रुखहरूले हामीलाई धेरै कुरामा मदत गर्छन र हामीले रुखहरूलाई धेरै मदत गर्दैछाैँ  त्यसैले हामीले रुखहरूलाई सकेसम्म मदत गर्नु पर्छ।
मानिसहरू धेरै रुखहरूलाई काट्छन् त्यसैले संसार खतरामा छ । रुखहरूले दिने अक्सिजनको कमि हुदै छ। हामीले रुखहरूलाई नरोपी काटीमात्र राख्याैँ भने संसारमा रुखहरूको कमी हुने छ र संसारभरि कोही पनि जिउँदो रहन सक्दैनन् त्यसैले हामीले धेरै ओटा रुख रोप्नुपर्छ। रुखहरूलाई काटी मात्र रह्याै भने हाम्रो संसार अन्धकारमा जानेछ भन्ने कुराको नतिजालाई महसुस नगरिकन अगाडि
बढ्याै भने हाम्रो संसारलाई नै बेफाइदा हुने छ । हामीले जसरी भए पनि रुखहरूको संरक्षण गर्न मदत गर्नुपर्छ  अनि मात्र यो संसार जिउनको लागि एउटा राम्रो ठाउँ बन्ने छ ।