Logo

Student Corner

नेपालकाे संविधान

Written by: Rijan Basnet - 24077, Grade XI

Posted on: 18 October, 2022

संविधान भनेको कुनै पनि राष्ट्रको नियम, कानुन हो । सबै देशको आफ्नै संविधान हुन्छ । नेपालको पहिलो संविधान ‘वैधानिक कानुन २००४’ हाे । संविधानका लागि मानिसले पहिलेदेखि नै लडाइँ गर्दै आएका हुन् । पहिले नेपालमा राजाकाे शासन कालमा संविधान राजाभन्दा तल र राजा संविधानभन्दा माथि हुन्थे । नियम कानुन सबैलाई बराबरी भने पनि त्याे व्यबहारमा लागु भएकाे थिएन । तर जबदेखि नेपाल एक लाेकतान्त्रिक मुलुक भयाे तबदेखि नेपालमा संविधानभन्दा माथि काेही पनि छैनन् । सबै मन्त्री, प्रधान मन्त्री तथा देशका सबै नागरिकलाई नेपालकाे संविधानले बराबरी हक अधिकार प्रदान गरेकाे छ । २०७२ सालकाे संविधान बनेपछि नेपालमा सबै वर्ग समुदाय र क्षेत्रलाई समान रूपमा समेट्ने काम भएकाे छ । 
नेपालमा पहिले विभिन्न काल हुँदै राणाहरूले लामाे समयसम्म शासन गरे । राणाशासन कालमा नेपाली जनताले आफ्ना हक अधिकार पाएका थिएनन् । कुनै पनि स्वतन्त्रता थिएन । जसकाे शक्ति ऊ मात्रै सबैकाे मालिन्त्रता पाएका थिएनन् । त्यसैले नेपाली जनताले राजतन्त्रकाे अन्य
राजा र सम्राटका विरुद्धक हुन्थ्याे । राणाशासन अन्त्य गर्न नेपाल आमाका वीर सन्तानले आफ्नाे प्राण त्याग गर्नुपर्याे । राणाशासनपछि नेपालमा राजाकाे शासन चल्याे । राजाकाे शासन कालमा पनि जनताले खाेजेकाे जति स्वतन्त्रमा पाउन सकेनन् । वि. सं. २०७२ मा नयाँ संविधान बनेपछि जनताले छानेका प्रतिनिधि नै देशकाे प्रमुख हुने कुरा संविधानमा लेखिएकाे छ । अहिले जनताले भाेट दिएर पठाएका नेता देशकाे प्रमुख छन् । 
हाम्राे संविधान वि. सं. २०७२ पुरुषलाई मात्र नभई महिलालाई पनि लैङ्गिक रूपमा धेरै अवसर दिएको छ । अहिले महिला पुरुषमा कुनै विभेद छैन । राजनीतिमा महिलाहरू पनि पुरुषसरह सक्रिय सहभागी भएका छन् । जुन हाम्राे देशकाे लागि ठुलाे उपलब्धि हाे । नेपालकाे संविधानले कसैलाई पनि भेदभाव गरेकाे छैन । सबै जात, धर्म, भाषा, लिङ्ग, वर्ग र समुदाय सबैलाई समान अवसर दिएकाे छ । यसैले याे राणा र राजाकाे शासनकालमा जस्ताे छैन । अन्त्यमा म भन्न चाहन्छु कि नेपाली जनतालाई आफ्नो देशको लागि योगदान गर्ने समान अधिकार र अवसर प्रदान गरेकाे संविधानकाे हामी सबैले सम्मान गर्नुपर्छ ।