Logo

Student Corner

मानवता

Written by: Aayusi Shrestha - 26002, Grade IX

Posted on: 17 October, 2022

‘मानवता’ 

हरेक कुरामा अगाडि बढ्याैँ हामी 
साेच भने चाहिँ बदलेन हाम्राे 
मानवता छैन यहाँ कसैसँग  
जाे मानवसँग हुनु पर्थ्याे

जीवनमा स्वार्थ अँगाले 
अरू सबै भुले 
वास्ता गर्न छाडे दाेस्राेकाे 
समाज, समाज जस्ताे रहेन 
मात्र रह्याे मानवता हराएकाे


आफ्नै दुनियाँमा हराए सबै 
अरूकाे मत्लव छैन कसैलाई
दुःखी, दुःखी हुँदै गएका छन्
मानिस छन् एक्लै 
वास्ता दिँदैन कसैले 

किन छैन मानवता अहिले 
सहयाेग गर्दैन कसैले
हरायाे मानवता 
खाेज्न जाने कता ?