Logo

Student Corner

आमा ! तिमी टाढा छौ

Written by: Yojana Gautam - 23068, Grade XII

Posted on: 17 October, 2022

 मसँग तिम्रो बारेमा भन्ने  केही शब्द नै छैन,
तिम्रो बारेमा कोर्ने चित्र नै छैन,
तिमीले दिएको त्यो काखको न्यानो माया 
असङ्ख्य तिम्राे मातृत्व म भुल्न सक्दिनँ ।

आमा !!
तिमी जति टाढा भए पनि तिम्रो माया मार्न सक्दिनँ । 
तिमीले दिएको त्यो अपरम्पार माया म कसरी भुलूँ  ?
तिमीले  मेरा लागि गरेका त्यो दुःख कसरी भुलूँ ?

आमा !!
तिम्रो ममता जीवनभर भुल्न सक्दिनँ 
तिम्रो माया शब्दमा वर्णन गर्न सक्दिनँ ।।

तिम्राे गुन म कहिले तिर्न सक्दिनँ, 
तिमीले मेरा लागि भनेर पाएको त्यो दुःख 
म खुसीमा परिणत गर्न सक्छु या सक्दिनँ
जे हाेस् म कर्तव्य पथमा हिँड्न छाड्दिन ।
  
आमा !!
जिन्दगीमा तिमीसँग बिताएका ती पलहरू
भुल्ने छैन मैले जीवनभर,
तिमीसँग टाढा  हुनुको पीडा मनमा छ, 
तिम्रो मायाले मलाई नजिक तानिरहेकाे छ।

आमा !!
तिम्रो  कमीको महशुस मलाई धेरै छ,
तर,  पनि म तिमीसँगका वाचा सम्झेर 
आगाडि बढिरहेकी छु,  
तिमीलाईसम्झेर आगाडि बढिरहेकी छु।