Logo

Student Corner

प्रदूषण

Written by: Krizan Rajbanshi - 31011, Grade IV

Posted on: 17 October, 2022

 विश्वको सबैभन्दा ठुलो समस्यामध्ये प्रदूषण पनि एक हो । प्रदूषणका कारण प्रकृतिमा असन्तुलन भएरहेको छ । प्रदूषणका धेरै प्रकारहरू छन् जस्तै- वायु प्रदूषण, जल प्रदूषण, भूमि प्रदूषण, उद्योग प्रदूषण आदि । सवारीसाधनबाट निस्किने धुवाँले हावा प्रदूषित हुन्छ । कलकारखानाबाट निस्किने फोहोरहरू नदीनालामा फाल्नाले जल प्रदूषित हुन्छ ।  कलकारखानाबाट निस्कने धुलाे धुवाँले वायु प्रदूषण हुन्छ । खेतबारीमा धेरै किटनाशक औषधीको प्रयोगले भूमि प्रदूषण हुन्छ ।