Logo

Student Corner

हाेली

Written by: Rachit Bhattarai - 31021, Grade IV

Posted on: 14 October, 2022

हाेली मलाई मन पर्ने चाड हो । हाेली विशेष गरेर फागुन महिनामा पर्दछ । यो चाड पानी र रङहरूको चाड पनि हो ।  होलीमा हामी रङ्गीविरङ्गी रङहरूसँग खेल्छौँ । बच्चाहरूले होलीमा पिच्कारी र लाेला  एक आपसमा  हानेर रङ लगाएर रमाइलाे गर्छन् । होलीमा पानीले खेल्दा रमाइलो हुन्छ । होली पर्वलाई हिन्दुहरूले मनाउँछन् । सबै मानिसहरूलाई होली पर्व मन पर्छ । म पनि मेरा साथीहरूको घर गएर होली खेल्ने गर्छु । म मेरा छिमेकीहरूसँग पनि हाेली खेल्छु । हाम्रो सबै परिवार मिलेर रमाइलो गरेर होली खेल्छौँ ।