Logo

Student Corner

प्रविधि

Written by: Aavash Malla - 26001, Grade IX

Posted on: 13 October, 2022

आजको आधुनिक संसारमा हामीले देख्ने सबै कुरा विज्ञान तथा प्रविधिसँग जाेडिएर आउँछ । साना साना कुराहरूदेखि ठुला ठुला कुराहरूसम्म ।  प्रविधि भनेको हामी मानवले गरेको नयाँ आविष्कार हो,जाे मानव जीवनका हरेक क्रियाकलापसँग सम्बन्ध राख्दछ ।  प्रविधिको मद्दतले हाम्रो कामलाई छिटो र सजिलो बनाउँछ। प्रविधि भनेको मानव जीवनको व्यावहारिक उद्देश्यहरूमा वैज्ञानिक ज्ञानको प्रयोग हो। मानिसका लागि टेलिभिजन, इन्टरनेट, सेलफोन, कम्प्युटर आदि प्रविधिगत साधनहरू आजकाे समयसँग जिउन अनिवार्य बनेका छन् । प्रविधिले विकासमा पनि धेरै सहयोग गरेको छ। भएको विकास, भइरहेको विकास र भविष्यमा हुने विकास सबै प्रविधिको सहयोगले सहज हुन्छ । यो आधुनिक युगमा बिना प्रविधि केही सम्भव छैन। आजकल शिक्षामा पनि प्रविधिको सहायताले काम भइरहेको छ । यदि हामीले अघिल्लो पुस्तालाई हाम्रो पुस्तासँग तुलना गर्ने हो भने हाम्रो पुस्ता धेरै भाग्यमानी छ कि हामीसँग प्रविधिको मद्दतले डाटा र सूचनामा पहुँच छ। हामी अंग्रेजीमा प्रविधिलाई  टेक्नोलोजी भन्न सक्छौं। प्रविधि नभएको भए अहिलेको तुलनामा हामी कति कम विकसित हुने थियौं भन्ने कल्पना पनि गर्न सक्दैनौं । आजको संसारमा प्रविधि सबैभन्दा महत्त्वपूर्ण कुरा हो । स्रोतहरूसँगकाे पहुँचमा वृद्धि गर्न र सञ्चार, यातायात, शिक्षा, उत्पादन, कलाकृतिहररूको निर्माण, डाटा सुरक्षा, र व्यवसाय वृद्धिमा  प्रविधिकाे प्रयोग गरिन्छ।

प्रविधिलाई सकारात्मक तथा नकारात्मक दुवै तरिकाले प्रयोग गर्ने गरिन्छ । विभिन्न  खोज, अध्ययन, अनुसन्धान, सूचना तथा जानकारी जस्ता विविध कुराहरूकाे पूर्णताकाे लागि प्रविधिको प्रयोग गर्न सकिन्छ। मलाई लाग्छ कि प्रविधि अत्याश्यक छ किनकि यसले हामीलाई हाम्रो दैनिक जीवनमा धेरै मद्दत गर्दछ। प्रविधिले हाम्रो जीवनलाई सहज र प्रभावकारी बनाएको छ। मानिसले यही विज्ञान प्रविधिकाे प्रयाेग गरेर नै धेरै सिर्जना गरे र अहिले हाम्रो जीवनको लगभग हरेक पक्षमा प्रविधिकाे प्रयोग हुन्छ । सवारी साधन चलाउनेदेखि विभिन्न अनेकाैँ उपकरण प्रयोग गर्ने सबै कुरा प्रविधिबाट बनेको छ। तर हरेक राम्रो कुरासँग एक नराम्रो कुरा पनि हुन्छ । यसकाे प्रयाेगले कसैलाई फाइदा र कसैलाई बेफाइदा हुन्छ । प्रविधिकाे प्रयाेगले नै ठुला ठुला युद्धहरू भएका छन् । जसले गर्दा सर्वसाधारणकाे जीवनमा तहसनहसकाे अवस्था सिर्जना भएकाे छ ।  त्यस्तै गरी यसकाे दुरुपयाेगले गर्दा व्यक्तिगत तथा सामाजिक जीवनमा पनि विकराल समस्या निम्त्याएकाे छ र त्यसैले प्रविधिकाे सदुपयाेग गरी अगाडि बढ्नु नै सबैका लागि लाभदायक हुन्छ ।

प्रविधिकाे सही सदुपयाेगले शिक्षा, स्वास्थ्य, व्यवसायिक, उद्याेग कलकारखाना, प्रशासनिक जस्ता विविध क्षेत्रहरूमा ठुलाे सहयाेग पुग्छ । मलाई लाग्छ सबभन्दा बढी त विद्यार्थीहरुको लागि धेरै लाभदायक देखिएको छ किन भने प्रविधिले विद्यार्थीहरूलाई ज्ञान, सिप र दक्षता प्राप्तिका साथसाथै आफूले सिकेका कुराहरूलाई व्यवहारमा उतार्ने रमाइलो अवसरहरू प्रदान गर्दछ। आजकाे समयमा अधिकतम विद्यार्थीहरूसँग प्रविधिको आधारभूत ज्ञान हुन्छ त्यसैले प्रविधि प्रयोग गर्न सजिलो छ । जसले गर्दा उनीहरूलाई नयाँ नयाँ कुराकाे अध्ययन अनुसन्धान गर्न सजिलाे बनेकाे छ । प्रविधिकाे कारणले नै आज मैले याे लेख तयार पार्न सकेँ भने तपाईंले पनि प्रविधिकाे प्रयाेग गरेर नै पढिरहनु भएको छ । अत : आजकाे समयमा जीवनलाई सहज तरिकाले चलाउनको लागि प्रविधिकाे सकारात्मक प्रयाेग गराैँ ।