Logo

Student Corner

चन्द्रमा

Written by: Prisha Acharya - 29040, Grade VI

Posted on: 12 October, 2022

रात परेपछि आउने
बिहान भएपछि हराउने
सेतो रङमा चम्किने
ताराहरूसँगै आउने

ताराहरूसँग हराउने 
ताराहरूसँगै चम्किने
अँध्यारो हटाई उज्यालो पार्ने
आहा ,  तिमी  कति राम्री चन्द्रमा

बाटोमा नदेख्नेका लागि बाटो देखाउने
सधैँभरि आकाशमा बस्ने
रात परेपछि हामीलाई हेरिरहने
आहा, तिमी कति राम्री चन्द्रमा

यत्ति किन राम्री तिमी 
सधैँ भरि तिमीलाई माया गर्ने
तिमी ताराहरूसँग खेल्छौ
तिमी हिराजस्तै छौ

तिमी हिराभन्दा चम्किन्छाै
तिमी हिरा भन्दा महत्व छौ
आहा तिमी कति राम्रा चन्द्रमा