Logo

Student Corner

पानी

Written by: Eedha Bista - 33045, Grade II

Posted on: 12 October, 2022

पानीबाट हामीले धेरै कामहरू गर्न सक्छौँ । पानी पिउन, खाना पकाउन, हातमुख धुन, कपडा सफा गर्न, घर तथा काेठा सरसफाइ गर्न आदि कामका लागि चाहिन्छ । पानी खोलाबाट आउँछ । आकाशबाट पानी पर्दा जमिनमा जम्मा हुन्छ । हामीले पानी उमालेर वा फिल्टर गरेर पिउनुपर्छ । हामीले सफा पानी धेरै मात्रामा पिउनुपर्छ । पानी हाम्रो जीवन हो । पानीको कुनै रङ हुँदैन । गर्मी महिनामा धेरै पानी पिउनुपर्छ । पानी धेरै खेर फाल्नु पनि हुँदैन ।