Logo

Student Corner

बचाउने र मार्ने नै मानिस

Written by: Sauharda Bajracharya - 26010, Grade IX

Posted on: 11 October, 2022

नाइट्रोजन ग्याँस बिरुवाहरुको विकासको लागी सबैभन्दा आवश्यक ग्याँस मध्ये एक हो । बिरुवाहरूले आफ्नो नाइट्रोजन माटोबाट पाउँछन् ।  हामीले हाम्रो नाइट्रोजन बिरुवा वा बिरुवा खाएका जनावरहरूबाट पाउछौँ । तर, यदि हामीले वर्षैपिच्छे एउटै माटोमा खेती गर्छौँ भने, त्यस माटोमा भएको सबै नाइट्रोजन नष्ट हुन्छ । यसले बिरुवाहरूलाई राम्रोसँग बढ्न दिँदैन । यसको समाधान भनेको माटोमा नाइट्रोजन फेरि थप्नु हो । आजको युगमा हामी त्यस्तो सजिलैसँग गर्न सक्छौँ, तर हामीले सयौँ वर्षअघि त्यस्तो गर्न सक्दैन थियौँ । मानिसहरूले विगतमा खाना उब्जाउन पशुपक्षीको मलहरू प्रयोग गर्थे । मानिसहरूलाई थाह थियाे  कि यो भरपर्दो समाधान हाेइन । सन् १८९८ मा बेलायती रसायनशास्त्री विलियम क्रुक्सले आगामी ३० वर्ष भित्रमा संसारभरका मानिसहरू भोकमरीले मर्ने छन् भन्ने धारणा राखे । सुरुमा जर्ज फ्राइडरिक हिल्डेब्रान्डले सन् १८११ मा नाइट्रोजन र हाइड्रोजन मिसाएर एमोनिया ग्याँस बनाएका थिए र त्यो अरबौँ मानिसहरूलाई बचाउनको लागि पहिलो आधार थियो । सन् १९०४ मा फ्रिट्ज हाबोरले यसमा काम गर्ने निर्णय गरे र उनले एमोनिया ग्याँस र एमोनिया नाइट्रेट बनाउन नाइट्रोजन र हाइड्रोजनलाई उच्च तापक्रममा र उच्च दबाबमा राख्नुपर्छ भन्ने सिद्धान्त ल्याए । उनी एक बिजुलीको कारखानामा काम गर्नुका कारण उनलाई चाहिने सबै रसायन उनले सजिलैसँग पाए । चाँडै, जर्मनीको सबैभन्दा ठूलो रासायनिक कम्पनीले हाबोरको आविष्कार व्यापारिक पारे । चार वर्षभित्र उनीहरूले अमोनिया ग्याँस र अमोनिया नाइट्रेट उत्पादन गर्ने कारखाना बनाए । यस औद्योगिक प्रक्रियाबाट आएको मलको साथ किसानहरूले चारगुणा बढी खाद्यान्न उत्पादन गरे । यसको फलस्वरूप संसारको जनसङ्ख्या चारगुणाले बढ्यो । यस आविष्कारले हाबोरलाई धनी बनायो तर उनका नजिका मानिसहरू(परिवार, साथीहरू) उनीसँग खुसी थिएनन् । पहिलो विश्वयुद्धमा, हाबोरको आविष्कारको कारण धेरै मानिसले आफ्नो ज्यान गुमाए । हाबोर एक देशभक्त थिए र जब जर्मनीमा विस्फोटक पदार्थ र बारूदको अभाव भयो, उनले आफ्नो आविष्कार प्रयोग गरे । अमोनिया नाइट्रेट एक मल मात्र नभएर एक विस्फोटक पदार्थ पनि हो । सन् २०२० मा बेरुतमा ३००० टन अमोनिया नाइट्रेट भएको गोदाममा आगलागी भएको थियो । गर्मीको कारण यो अमोनिया नाइट्रेटमा आगलागी भएर विस्फोट भयो । यसको विस्फोटको आवाज सय किलोमिटर टाढा सुनिएको थियो र यसको कारण धेरैको ज्यान गयो र धेरै घाइते भए । जर्मनीले युद्धमा यस रसायनले बम र अन्य विस्फोटकहरू बनाए । यसले लाखौँ मानिसको ज्यान लियो । उनले युद्धमा अझ ठूलो योगदान दिए।  उनले एक घातक ग्याँस, क्लोरिन ग्याँसको खोजी गरे । युद्ध छिटो समाप्त भएमा धेरैको ज्यान बच्नेछ भन्ने उनको विचार थियो । यसै कारण उनले युद्धमा क्लोरिन ग्याँस चलाए । जब यो ग्याँस फोक्सोको सम्पर्कमा आउँछ, यसले फोक्सोलाई तरल पदार्थले भर्छ र मानिसलाई सुख्खा जमिनमा डुबाउँछ । सन् १९१५ मा हाबोरकी श्रीमती, क्लाराले हाबोरको बन्दुकले आत्महत्या गरिन् । मानिसहरू भन्छन् कि, हाबोरको रसायन विस्फोटक प्रतिको जुनूनको कारणले क्लाराले आत्महत्या गरेकी थिइन् । सन् १९३४ मा हाबोरको निधनपछि हाबोरको संस्थाले अर्को एउटा घातक रसायन बनायाे सायनाइड ग्याँस । यहि ग्याँस पछि गएर, दोस्रो विश्व युद्धमा ग्याँस च्याबरहरूमा पनि चलाइएको थियो । उनको मृत्युपछि पनि, उनले अनजान र अप्रत्यक्ष रूपमा इतिहासको सबैभन्दा ठूलो नरसंहार गर्न योगदान दिए ।