Logo

Student Corner

सामाजिक सञ्जाल

Written by: Sayuri Shrestha - 28017, Grade VII

Posted on: 11 October, 2022

सामाजिक सञ्जाल व्यक्तिहरू बीचको अन्तरक्रियाको लागि प्रयोग गरिन्छ जसमा उनीहरूले भर्चुअल समुदाय र नेटवर्कहरूमा जानकारी र विचारहरू सिर्जना गर्छन् ।  साझेदारी गर्छन्  वा आदानप्रदान गर्छन् । फेसबुक, यूट्यूब, व्हाट्सएप, फेसबुक, मेसेन्जर, टिकटक, इन्स्ट्राग्रामहरू केही सामाजिक सञ्जालका  उदाहरणहरू हुन् । 
सामाजिक सञ्जाल आजकल धेरै प्रयोग गरिन्छ । कोभिड–१९ को समयमा मानिसहरूसँग उचित शिक्षा थिएन त्यसैले सामाजिक सञ्जालले हामीलाई  घरमै बसेर पनि सही ज्ञान प्राप्त गर्न मद्दत गर्‍यो । त्यो मात्र होइन सामाजिक सञ्जालको मद्दतले हामीले नयाँ कुराहरूबारे थप ज्ञान प्राप्त गर्न सक्छौं । सामाजिक सञ्जाल र अन्य सञ्चार एपको कारणले हामी टाढा बस्ने हाम्रा नजिकका आफन्तहरूसँग कुराकानी गर्न सक्छौँ । हामी संसारभरि भइरहेका समाचारहरू पनि थाहा पाउन सक्छौँ । त्यसैगरी, मानिसहरूले आफ्नो व्यापार प्रवर्द्धन गर्न सामाजिक सञ्जाल एपहरू प्रयोग गर्दै छन् । सामाजिक सञ्जालको कारणले गर्दा हामीले कुनै पनि प्रकारको मनोरञ्जनलाई पाउन सकिरहेका छौँ ।
सामाजिक सञ्जालको राम्रो पक्षसँगै नराम्रो प्रयोगहरू  पनि छन् ।यसले विशेष गरी सामाजिक सञ्जालमा धेरै समय बिताउने विद्यार्थी र किशोरकिशोरीहरूलाई हानि पुर्‍याउँछ र खराब निद्रा,  आँखाको थकान, साइबरबुलिङ र थप कुराहरूबाट पीडित हुन सक्छन् ।