Logo

Student Corner

प्यारो यो नेपाल

Written by: Sunabi Pokharel - 25018, Grade X

Posted on: 10 October, 2022

सगरमाथा उच्चो छ शिर गर्वले नुग्छु म
प्रकृतिको सुन्दर बगैँचा दिन दिनै डुल्छु म
हिमाल शिर, पहाड तन तराई ओछ्यान
सानो छ देश, अपार श्रोत ईश्वरको वरदान

मन्दिरै मन्दिर देवको बास यो तपोभूमि हो
बुद्धको जन्म, सीताको कर्म यो स्वर्गभूमि हो ।
स्वर्गकी परी रारा ताल यही, बेगनास झैँ अरू
हिमाल पारी मुक्तिनाथ बाबा, अनेकाैँ झर्नाहरू ।।

जुम्लाको सिमी, मुस्ताङको स्याउ प्रकृति वरदान
ढिँडो र गुन्द्रुक, मार्सीको चामल चौरासी व्यञ्जन ।
राजहाँस डुल्छन् तालमा सधैँ,असला माछाकाे घर ।
कर्णाली हेर विकट के छ ? यार्साको भण्डार  ।।

लोपोन्मुख जन्तु हुर्कन्छन् यहाँ घडियाल यहीँ
सालकै डुल्छन् गाउँघरतिर स्वर्गकी परी झैँ ।
वनपाखा हेर, प्राकृतिक छटा संसारै चकित छ ।।
गोहोरो जस्तै देखिने जीव डाइनोसर हो कि त ?

विश्वमा कतै छ भने स्वर्ग  नेपाल महाँ छ
वीर गोर्खालीको सर्वोच्च मान नेपाल जहाँ छ ।
शब्दमा वर्णन कति म गरूँ ? महिमा अपार
यो धर्ती कहिल्यै नछाड्नु परोस् हे ! प्यारो नेपाल ।।