Logo

Student Corner

मेरी सानी बहिनी

Written by: Manasbhi Niraula - 29015, Grade VI

Posted on: 10 October, 2022

मेरी सानी बहिनी जाे अहिलेसम्म बाेल्न जान्दिन
माेबाइल चलाउछे नचलाऊ भन्दा भनेकाे मान्दिन ।

ताते ताते गर्दै दगुर्नुपर्ने
माटाे धुलाेसँग रमाउनुपर्ने 
चुपचाप हामीजस्तै बसी एक ठाम
जपिरहन्छे जतिबेलै माेबाइलकै नाम  ।

खाना खाँदा खाजा खाँदा सुत्ने बेला पनि 
माेबाइल नै हेरिरहने लाग्याे अब बानी 
रुँदाखेरि फकाउन खुसी बनाइ हसाउन
माेबाइल नै चाहिने भयाे उसकाे बानी ।

मेराे मात्र हाेइन प्रत्येक घरकाे हाे याे कथा 
धेरै अभिभावकले भाेगिरहेकाे हाे याे व्यथा
साना साना बच्चालाई माेबाइलबाट टाढा राखाैँ 
स्वच्छ सुन्दर समुन्नत परिवारमा बाँचाैँ ।