Logo

Student Corner

समाजिक समस्या

Written by: Aayusi Shrestha - 26002, Grade IX

Posted on: 13 September, 2022

सामाजिक समस्या भनेकाे समाजको शान्ति र सद्भावलाई बिगार्ने कारक हुन् । त्यस्ता सामाजिक समस्याहरूले समाजमा असहज अवस्थाकाे सिजर्ना गरेका हुन्छन् । खासगरी समाजमा भइरहने विभिन्न विकृति, विसङ्गति, भ्रष्टाचार, सुशासनकाे अभाव, जनकल्याणकारी शासन व्यवस्था नहुनु लगायतका अनेक समस्याले गर्दा नेपालको विकास हुन नसकेको हाे । आजकल मानिसहरू सामाजिक समस्याको बारेमा धेरै कुरा गर्दैनन् तथापि नेपाल तथा संसार रहेका धेरै मुलुकहरूले यस्ता सामाजिक समस्याहरूकाे सामना गरिरहेका छन्। जस्तै गरिबी र भोकमरी, लागूपदार्थको प्रयोग र हिंसा, जलवायु परिवर्तन,आदि । यी केही उदाहरण मात्र हुन्।

सामाजिक समस्याहरू समाजलाई असर गर्ने प्रमुख कारक हुन् । सामाजिक समस्याहरूले अधिकांश मानिसहरूको इमान्दारिता तथा असल व्यवहारमा प्रतिकूल असर पारेकाे हुन्छ । मानिसहरूले सामाजिक खराबीहरूको अभ्यास र प्रवर्द्धन गर्छन् किनभने तिनीहरू प्रतिकूलताहरूको बारेमा अनभिज्ञ हुन्छन् । सामाजिक समस्याहरू हाम्रो शान्ति, सुरक्षा, सद्भाव, र विकासका लागि ठूलो बाधक हुन्। 
बालिका बेचबिखन, जबर्जस्ती करणी, सार्वजनिक स्थलमा धुम्रपान, जुवातास, विपरीत लिङ्गका दुई व्यक्तिबीच अनिच्छुक शारीरिक सम्बन्ध, लागुऔषध दुरुपयोग, हिंसा, महिलाविरुद्धको हिंसा, चोरी, डकैती, अपहरण, हत्या, बलात्कार, भ्रष्टाचार, रक्सी सेवन, घरेलु हिंसा यी सामाजिक समस्याका उदाहरण हुन् । यस्ता सामाजिक समस्याहरू हाम्रो देशको शान्ति, जनकल्याण, विकास, सुरक्षा, सद्भाव आदि बनाउन ठूलो बाधक हुन् । यी समस्याहरू समाधान गर्न चुनाैति हुन्छ तर त्यसकाे सामना गर्न प्रत्येक देशभक्त नागरिककाे दायित्व पनि हुन्छ । कुनै पनि समस्याको सबै कारणहरू धेरै कारणा हुन्छन् जाे  अन्तरसम्बन्धित हुन्छन्, तापनि  सफलतापूर्वक परिवर्तन गर्न सकिन्छ। समस्याहरू समाजको प्रकृतिमा अन्तर्निहित हुन्छन्। सामाजिक समस्याहरूमा प्राय : वास्तविक जीवनलाई असर गर्ने समस्याहरू समावेश हुन्छन् । यसले मानिसहरूले कुनै खास परिस्थितिमा कस्तो प्रतिक्रिया देखाउँदछ भन्ने कुरामा पनि असर पार्छ । मानिसहरू सामाजिक कुरीतिहरूमाथि विश्वास गर्छन् र  किनभने उनीहरू समाजमा हुने दीगाे  प्रतिकूलताहरूबारे जानकार हुँदैनन् । 
सरकारी तथा गैह्रसरकारी संस्थाहरूले यस्ता समस्याहरू हटाउन काम गरिरहेका छन्। उनीहरूले सुरु गरेका चेतनामूलक कार्यक्रमहरू वास्तविक पीडितहरूसम्म पुग्न सक्दैनन्। सामाजिक समस्याहरूले त्यस्ता अवस्थाहरूको प्रतिनिधित्व गर्दछ जसकाे निरन्तरतामा पूर्णविराम लगाउनुपर्छ।  किनकि तिनीहरू समाजका लागि समस्याको रूपमा मानिन्छन्। समाजमा त्यस्ता किसिमका समस्याकाे प्रवेशमा राेक लगाउन आवश्यक छ ।
अत : विविध समस्याको समाधानार्थ सरकारले त्यस्ता समस्या पैदा हुने कारणहरू पत्ता लगाई निराकरणकाे मार्ग अवलम्बन गर्नुपर्छ । नेपालमा सामाजिक समस्याका केही प्रमुख कारणहरू मध्ये गरिबी, बेरोजगारी, भ्रष्टाचार, निरक्षरता, अन्धविश्वास, मध्यपान, धुम्रपान आदि रहेका छन् । हाम्रो देशमा दिनानुदिन असर गर्ने थुप्रै सामाजिक समस्याहरू छन् । यस्ता समस्याहरूलाई हटाउन युवाहरूलाई प्राविधिक शिक्षा प्रदान गरेर, कलकारखाना, उद्योग स्थापनासँगै राेजगार सिर्जना गरी गरिबी न्यूनीकरण गर्नुपर्छ र हाम्रा परम्परागत कृषि तथा घरेलु उद्योगमा पनि बढावा दिनुपर्छ । त्यस्तै गरी नियम–कानूनको प्रभाकारी कार्यान्वयन गरेर सामाजिक समस्याहरूकाे सुधार गरी समाज तथा देशलाई परिवर्तन गर्नुपर्छ ।