Logo

Student Corner

विकासका लागि शिक्षा

Written by: Joya Shrestha - 25004, Grade X

Posted on: 12 September, 2022

मानव जीवनमा शिक्षाले महत्त्वपूर्ण भूमिका खेल्छ । शिक्षाले नै मानिसलाई जीवनको बाटो देखाउने गर्छ । सामान्य व्यक्ति भएर एउटा राम्रो जीवन जिउनका लागि पनि शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ । एउटा असल व्यक्ति, परिवार, समाज, समुदाय र राष्ट्र बन्नको लागि शिक्षाबिना सम्भव हुँदैन । देश विकास गर्ने योजना बनाउँदा शिक्षा सबैभन्दा महत्त्वपूर्ण रहन्छ । जुन मानिसले शिक्षा हासिल गरेकाे छैन, ती मानिससँग देश विकास गर्ने उचित दृष्टिकाेण, याेजना तथा मार्गचित्र हुँदैन । शिक्षाले रोजगारीका अवसरहरूको सिर्जना गर्छ । शिक्षाले  मानिसहरूलाई स्वस्थ, गुणस्तरीय तथा उच्चस्तरकाे  जीवनशैली बाँच्न सहयाेग गर्छ । शिक्षाले  मानिसहरूको आर्थिक र वित्तीय जीवनशैली सुधार गर्न सक्छ । मानिसको जीवनमा सुधार आयो भने देशको आर्थिक स्थितिमा सुधार आउने सम्भावना रहेको हुन्छ । मानिसको जीवन सुखमा बिताउने या दु:खमा यो सब शिक्षाले निर्णय गर्ने गरेको छ । यदि मानिसको त विकास शिक्षाले नै गर्छ भने देशको विकास त अवस्य नै गर्ने छ । देश विकासका लागि देशमा शिक्षाविद्, अर्थशास्त्री, सामाजिक कार्यकर्ता, मानवअधिकारकर्मी र प्रतिनिधि सभामा विपक्षी हुनुपर्छ । यदि यी मानिस भएन भने हाम्रो देश जस्तो हुन्छ नेताहरूलाई देश विकास गर्न अरू देशको सहयोग चाहिन्छ । आफूले एउटा पनि निर्णय लिन सक्दैनन् । भ्रष्टाचारले देश घेरिएको छ । 
हाम्रो देश नेपालमा जनशक्तिको उचित तथा प्रभावकारी प्रयोग हुन सकेको छैन । सरकारी तथा गैरसरकारी संस्थाहरूको उचित व्यवस्थापन हुन सकेको छैन । यस्ता विविध क्षेत्रमा राम्राे व्यवस्थापन हुन नसक्नु राज्यकाे  नेतृत्व गर्ने स्थानमा शिक्षित तथा अनुभव नभएका मानिसहरूकाे सहभागिताले गर्दा भएकाे हाे । हामी यस्तो देशमा बसेका छौँ कि, यहाँका राजनीतिक दलहरूले नेपाली जनतालाई भेडाबाख्रा ठानेर आफ्नाे व्यक्तिगत स्वार्थलाई परिपूरण गर्ने मात्र देखिन्छन् ।  जनताहरू एक अर्कालाई दोष दिएर बसेका हुन्छन् । आफूले केही गर्न आँट गर्दैनन् । सब एक अर्कामा निर्भर भएर बसेका छन् । हाम्रो देश एउटा यस्ताे दृष्टान्त बनेकाे छ कि यदि देशका नेता र जनता शिक्षित छैनन् भने देश कस्तो स्थितिमा पुग्छ भन्ने । यदि देशका नेताहरू  शिक्षित छन् भने देश कस्तो स्थितिमा पुग्छ भने  फिनल्याण्डको उदहारण लिन सकिन्छ । शिक्षा नै हो मानिसको ठुलो गहना यदि शिक्षा नै छैन भने हामी मानिसको मूल्य नै रहँदैन र जति मानिस शिक्षित हुन्छ, त्यति ठुलो उसको मूल्य रहन्छ । कुनै पनि समाज तथा राष्ट्रकाे युग सापेक्ष विकास गर्न शिक्षाकाे अहम् भूमिका रहन्छ ।