Logo

Student Corner

समीक्षा पुस्तक - काैवा किन कालो ?

Written by: Sadagi Koirala - 31026, Grade IV

Posted on: 12 September, 2022

‘कौवा किन कालो ?’ पुस्तकका लेखक डाक्टर कपिल लामिछाने हुन् । यस पुस्तकको चित्रकार बिनिता बुद्धाचार्य हुनुहुन्छ। हामीले यो कथा धेरै पहिले पढेका थियौँ । यो एउटा बाल कथा हो । यस कथामा एउटा सेतो काग हुन्छ । सेतो कौवाले सबै मानिसहरूले कालो लगाएको देख्छ । उसले “कालो किन लगाएको होला ?” भनेर सोध्छ ।  मानिसहरूले “राम्राे बन्न कालाे लगाएकाे” भन्छन् । कौवालाई पनि आफूले कालो लगायाे भने ऊ पनि निकै सुन्दर देखिन्छ कि भन्ने सोच आयो । त्यसैले कौवा कालो रङ भएको ड्रममा पस्छ । त्यसपछि त्यो सेतो कौवा कालो भएर निस्किन्छ र सुन्दर पनि देखिन्छ । त्यहाँदेखि कौवा कालो भएको भनाइ हाम्रा पुर्खाहरूले गरेको कुरा यस कथामा दिएको छ । यो पुस्तक पढ्न मलाई निकै रमाइलो पनि हुन्छ ।