Logo

Student Corner

मेरो देश

Written by: Haezel Dahal - 33009, Grade II

Posted on: 12 September, 2022

मेरो देशको नाम नेपाल हो । म नेपाली हुँ । मलाई मेरो देश नेपालको धेरै माया लाग्छ । मेरो देश नेपाल एसिया महादेशमा पर्दछ । मेरो देश नेपाल विश्वकै एउटा सुन्दर राष्ट्र हो । यहाँको हावापानी र प्राकृतिक वातावरण असाध्यै राम्रो छ । नेपालमा धेरै हिमाल, पहाड र नदीहरू छन् । नेपालमा धेरै घुम्ने ठाउँहरू पनि छन् ।