Logo

Student Corner

के तिमी जिम्मेवारी लिन्छौ ?

Written by: Rushina Tamang - 26008, Grade IX

Posted on: 09 September, 2022

के तिमी जिम्मेवारी लिन्छौ ?

माया गर्छु भनेर जालमा पार्छौ
आफैँले बनाएको मायालाई मार्छौ,
हृदयकाे मानिसलाई जिन्दगीबाट पर सार्छौ।

सबै सम्बन्धलाई तिमी काट्छौ,
उमारेको मायालाई तिमी मार्छौ
माया जगाई राख्न तिमी हार्छौ,
आफैँले बनाएको मायाको जाललाई तिमी च्यात्छौ।

मन लागे बोलाउँछौ,
मन लागे चलाउँछौ
मन लागे खेलाउँछौ,
र मन लागे हराउँछौ।

कसरी अलग राखुँ आफूबाट तिम्रो नासाे
कसरी बोकूँ म तिम्रो भार
कसरी बिर्सु हाम्रो त्यो भुतकाल,
कसरी बिर्सु म तिम्रो आकार। 
अँ, साँच्चै भन त सम्झदा सम्झदै 
सदाका लागि आफैँलाई बिर्से भने 
के तिमी जिम्मेवारी लिन्छाै ?