Logo

Student Corner

मेरो साथी

Written by: Aarnov Adhikari - 23003, Grade XII

Posted on: 08 September, 2022

आयाै  तिमी मेरो जीवनमा एक्कासी 
रमाइला खुसीका पलहरू लिएर 
अन्धकारको जीवनबाट निकाल्याै मलाई 
तिम्रो हाँसोको खुसी दिएर।


मेरो दुखका समयमा 
तिमीले नै सबै पीडा सुन्यौ। 
तिम्रो सहायता म हुँ भनी 
हाम्रो मित्रताको चिनो पनि तिमीले बुन्यौ।


नकारात्मक सोचहरू तिमीलाई भेटेपछि 
मैले शब्दकोषबाटै मेटाएँ। 
वाक्क लाग्दो यो समाजमा
मैले बल्ल राम्रो साथी भेटाएँ।


मेरो प्यारो साथी 
याे एक्लो जीवनमा तिमी नै मेरो सहायता हौ। 
जति दिन वा वर्ष बिते पनि 
तिमी नै मेरो प्यारो रहने छौ।
तिमी नै मेरो प्यारो रहने छौ ।