Logo

Student Corner

एकल आमाको कथा

Written by: Roji Gurung - 26007, Grade IX

Posted on: 08 September, 2022

“मुना ! ए मुना ! काँ गइछे । यो केटी फेरि । मुना ! ए  मुना ! ” मनमायाले आफनी बुहारीलाई बोलाइरहेकी थिइन्। मुना भने उसको छाेरा रोहणलाई दुध पिलाउँदै थिई। आमाले बाेलाएकाे सुनेर  आफनो बच्चालाई बोकी हतार हतार घरकाे तल्लाे तला गई। तल पुगेपछि त्यहाँ उसले आमा रिसाएको देखी। मनमायाले मुना तल आएको देखेपछि मुनालाई टेढाे आँखाले हेरिन्। उसलाई यस्तो तरिकाले हेरेपछि मुना डराइन् । “मैले तँलाई धेरैपटक बोलाएँ, तैले सुुनिनस्। बहिरो भइस कि क्या हो।” मनमायाले आफ्नो बच्चा बोकेकी मुनालाई साह्रै नरमाइलो तरिकाले  गाली गरिन्। “म बाबुलाई दुध खुवाउँद‌ै थिएँ, त्यसैले तपाईंले बोलाएको सुनिन। मलाई माफ गर्नुहोस् आमा।” मुनाले उदास अनुहार पारेर भनिन्, "आमा मलाई किन बोलाउनु भाको होला। "
"जा, मेरो र बाबाको लुगा धुइदे त। "उनले रुखो बोली बाेल्दै  मुनालाई काम लगाइन्। मुनाले आफ्नो बाबुलाई हेर्नु छ पनि भन्न सकिनन्। बरु फेरि गाली खानुभन्दा त काम नै गर्दिन्छु भनेर उसले मनमनै सोच्यो।  मुनाले आफ्नो छोरालाई काँधमा बोकेर भए पनि घरको सबै काम सकिदिइन् । मुनाले धेरै काम गरेकाले थाकिन्। त्यसमाथि उसलाई बाबुले धेरै सतायो।  आमालाई छोरा हेरिदिनुस भन्न नि सकिनन् । आमाबुबालाई मुना र उसको बच्चाको बारेमा केही मतलब छैन।  मुनालाई अर्जुनले  आमाबुबालाई नभने बिहे गरेर घर लिएर आएको थियो।  यो कुराले अर्जुनका आमा बुबा खुसी थिएनन् ।  अर्जुन भने श्रीमती ल्याएर  काम गर्न विदेश गयो। विदेश गएपछि उसलाई विदेशकै लोभ लाग्यो।  उसले विदेश गएको ५ महिनामै मुनालाई बिर्सियो।  मुना गर्भवती हुँदा उसको कसैले हेरचाह गरेनन् ।  अर्जुनसँग विवाह गरेकोमा ऊ निकै नै पछुताई ।  कतै कतै त उसले अर्जुनले  विदेशमा अर्कैसँग बिहे गरेको पनि सुनेको थियाे । अर्जुनले आफ्नो आमाबुबालाई मात्र घर खर्च पठाउँथ्याे ।  दिन बित्दै गयो, रोहण पनि ठुलो हुँदै गयो।  त्यसैगरी ७ वर्ष बित्यो। मुना र रोहण त्यही  घरमा दु:ख सहेर बसे ।  तर एकदिन मुनाले अर्जुन एक्कासी नेपाल आएको थाहा पायो।  अर्जुन घर आइपुग्यो।  मुना खुसी भइन् तर त्यो खुसी  एकछिन मात्र थियाे ।  अर्जुनले आफूसँग अर्को केटी पनि लिएर आएको रहेछ।  मुना यो देखेर साह्रै  नै दुखी भइन् ।  आफ्नो लाेग्नेले सौता लिएर आउँदा  कसको चित्त दुख्दैन र ।  घरमा उसलाई धेरै नै काम लगाउन थाल्यो । अर्जुनले झन् उमा लै कुट्न थाल्यो  ।  धेरै नै भएपछि मुना आफ्नो छाेराे रोहणलाई लिएर माइती घरमा भागी । उसले एउटा सानो कोठा पाई । त्यहाँ बसी र मजदुर गर्न थालिन् ।  रोहण नजिकैको एउटा विद्यालयमा पढ्न  थाल्यो ।  रोहणको पढाइ धेरै राम्रो थियो। रोहण ठुलो हुँदै गयो।  मुनाले उसको छोराृ्े रोहणले धेरै दुख र सङ्घर्षले पाल्यो। रोहण ठुलो भएर ठुलो व्यापारी बन्यो। पछि गएर ठुलाे कम्पनीकाे मालिक बन्याे ।  आफ्ना लागि ठुलो घर बनायाे । आमाछाेरा आरामले   बस्न थाले । मुनाले आफ्नो मिहिनेतको फल पाइन् ।  पारिवारिक तथा व्यक्तिगत समस्या भाेगेकी मुनाले अन्ततः छाेराकाे लगनशिलता र सङ्घर्षले सुखमयी जीवन बिताइन् ।