Logo

Student Corner

रक्सीकाे मात

Written by: Suprabh Acharya - 27014, Grade VIII

Posted on: 08 September, 2022

रातकाे झन्डै ९ बजेकाे थियाे । बाहिरकाे माैसम सफा थियाे, निलाे आकाशमा पुर्णिमाकाे जुन चम्किरहेकाे थियाे । जुनकाे उज्यालाेमा कतैबाट चिच्याएकाे आवाज आयाे, “आमा……… ” । साना केटाकेटी चिच्याएर राेइरहेकाे आवाज आयाे । वरिपरि छिमेकबाट एक हुल महिला, पुरूष, युवाहरू दगुर्दै थिए । काेही भन्दै थिए, “आज पनि धाेकेर आयाे क्यार, भकुराेजस्ताे छ , यिनीहरूकाे घरकाे कलहले हामी छिमेकलाई पनि सन्ताेष दिएन ।  ती साना केटाकेटीले सधैँ त्याे आमा कुटेकाे देख्दा तिनीहरूकाे दिमाखमा बाउ प्रति कस्ताे विचार आँउदाे हाे ? कस्ताे निर्दही रहेछ । ”

काेलाहल भएकाे घरमा एकै छिनमा सबै छिमेकी भेला भए । एक जना महिला घाेप्टाे परेर राेहिरहेकी थिइन् । उनकाे नजिकै छाेराछाेरी पनि घुँक्क घुँक्क गरिरहेका थिए । अर्काे कुनामा एउटा पुरूष खुट्टा लरबराउँदै बुढीलाई कराइरहेकाे थियाे, “कहिलै मिठाे बनाउने पनि हाेइन, राम्राे मुख गर्ने पनि हाेइन, घरमा बस्या छ काम काज केही छैन, यसलाई मारिदिन्छु।” यत्तिकैमा समाजकाे गन्ने मान्ने जस्ताे देखिने एक पुरूषले त्यसलाई नै गाली गर्दै थिए, “तँ चै के काम गरेर आएकाे हँ ? दिनभरि काम न काजसँग बसेर तास खेल्नु र रक्सी धाेक्नु, अनि बेलुका घर आएर स्वास्नी कुट्नुबाहेक तैले चैँ के काम गरेकाे छस् र ठुलाे धाक देखाउँछस् ? तासमा हार्याे अनि घरमा आएर जहान परिवारमाथि जाइ लाग्याे, याे भन्दा के नै जानेकाे छ हँ तैले चाँहि ? कमाइ धमाइ छैन । दिनहुँ गाउँमा हाे-हल्ला मचाएकाे छ, महिलामाथि हिँसा गरेकाे छ, पुलिस बाेलाएर थुनाइदिन्छु अनि चाल पाउलास् ।”  

यति भनेकाे सुनेपछि अलि अघिसम्म के के न पुरूषार्थ गरे भन्ने त्याे पुरूष टाउकाे निउराएर सिँढीमा थचक्क बस्याे । ती महिला सुङ्क, सुङ्क गरिरहेकी थिइन् । केटाकेटी आमाकाे वरिपरिबाट घरी रक्सीले मातेकाे बाउलाई हेर्थे भने घरी कुटाइ खाकी आमालाई । विचरा ती अबाेधहरू न त आमालाई नराेऊ भन्न सकिरहेका थिए न त बाउलाई हाम्री आमा किन कुटेकाे भनेर प्रश्न नै गर्न । लाग्थ्याे उनीहरू बाउले आमा कुटेकाे पिडाले उनीहरूकाे भित्र लागेकाे राप आमाकाे न्यानाे बात्सल्यले बुझाउन खाेजिरहेका थिए ।

रात बढ्दै गएकाे थियाे । छिमेकका महिलाहरू एक झुण्डमा कुरा गर्दै थिए । भन्दै थिए कि,-  “खै के के हाे कानुन बनेकाे छ रे महिला हिंसा र घरेलु हिंसाका कानुन पनि छन् रे भन्छन्, खै कानुन ? दिनहुँ हामीजस्ता महिला यसै गरी आफ्नाे लाेग्नेबाट कुटाइ खाएकाे खाएकै छाैँ । उजुर गर्न गए पनि हुने केही हाेइन । पुलिसले घटना दर्ता गर्न नि मान्दैन । गरिहाले पनि मिलमिलाप गर, मिल भन्छ । अनि फेरि मिलाे, कुटाइ खायाे । यस्ता देशका कानुनले हामीलाइ केही हुने वाला छैन । झन् बरू घरकाे समस्या बाहिरकालाइ सुनाउने मात्र हुने क्या ।” अर्कीले भन्दै थिइन्,  “आ… म भए त के काे कुटाइ सहेर बस्थे पारपाचुके गरेर मज्जाले आधा अशं खाएर बस्थे । यी भाउजू पनि हुतिहारा, दिन दिनै कुटाइ खाकिछन् बसेकी छन् । यसरी हामी महिलाले जे पनि सहेकाले यी पुरूष भनाउँदाले हेपेका ।”

अलिपर पुलिसकाे गाडीकाे साइरन बज्याे । सबै जनाकाे ध्यान त्यतैतिर तानियाे । सिँढीमा रक्सीले लर्वराएकाे त्याे पुरूष पनि केही झस्कियाे । यत्तिकैमा झगडा परेकाे घरकाे बाहिर पुलिसकाे गाडी आएर राेकियाे । असइ सहितकाे पुलिसकाे टाेली सरासर घर भित्र पस्याे र रक्सीले मातेकाे पुरूषलाई च्याप्प समात्याे र भन्याे  “ हवलदार साहेब गाडीकाे ढाेका खाेल्नुस् यसकाे रक्सीकाे मात अब ठानामा सेलाउनुपर्छ । पुरूष भएर महिलामाथि पुरूषत्व देखाउने यस्तालाई ठिक पार्न हामीले पनि जानेकाे छ । हिड साले मामाघर ।”
पुलिसले रङ्कसीले मातेकाे पुरुषलाई गाडीमा लिएर जान्छन् । सबैकाे दृष्टि त्यतै तानिन्छ ।