Logo

Student Corner

कालोपाटी पुस्तक समीक्षा

Written by: Aarjan Khadka - 29003, Grade VI

Posted on: 08 September, 2022

परिचय:
कालोपाटी बालउपन्यासका लेखक कपिलमणि ज्ञवाली हुन् । यो कउपन्यासकाका चित्रकार समित श्रेष्ठ हुन् । कालो पाटी एडुकेशनल पब्लिसिङ हाउसबाट प्रकाशन गरिएको हो । यो उपन्यासमा सुनैनाको भाइसँगै स्कुल जाने र पढ्ने चाहनाले उसका आमा-बुवाको पुरानो सोच र विचारमा परिवर्तन ल्याएको कुरा देखाइएको छ ।

पात्रहरू:
कालोपाटीको मुख्य पात्र सुनैना हुन् । यस उपन्यासका अरू पात्रहरू सुनैनाका आमा-बुबा, सबिता र शशिधर, भाइ संयोग, स्कुलका शिक्षक हर्क बहादुर, रामबहादुर र हरिलाल सर, उसका साथी शालिनी र सुमना रहेका छन् । यस उपन्यासकी असल पात्र सुनैना, स्कुलका शिक्षकहरू र सुनैनाका आमा-बुवा हुन् । सुनैनाले राम्रोसँग पढेर डाक्टर बनेर बिरामीहरूको सेवा गरिन् । उसका शिक्षकहरूले आमा-बुबालाई पटक पटक छोरीलाई स्कुल पठाउनुपर्छ भनेर सम्झाएकोले उनीहरू पनि असल पात्र हुन् । सुनैनाका आमा-बुबा कथाको पहिलो भाग तिर खराब पात्र जस्तो देखिए पनि उनीहरूले आफ्नी छोरीलाई पढाएर सफल बनाउन सफल भएकाले उनीहरू पनि असल पात्रकाे भूमिकामा देखिएका छन्  । यो कृतिमा खराब पात्र कोही पनि छैनन् ।

कथावस्तु:
सुनैना आफ्नो आमा-बुवा र भाइसँग बस्थी । उसको भाइको छैटी हुँदा मेरो चाहिँ किन नगरेको भनेर काकीसँग सोधी तर काकीको जवाफ सुनेर ऊ आमालाई सोध्न गई तर आमाले पनि उसको मनको कुरा बुझ्नुभएन । उसका आमा-बुबालाई गाउँका धेरैले छोरीलाई पनि स्कुल पठाउन भनेका थिए तर घरको काममा मद्दत गर्न कोही नहुने भएकोले स्कुल नपठाएको कुरा उसको बुबाले गर्नुभयो । उसको काम भनेको भाइलाई स्कुलको लागि तयार गरिदिने, पुर्‍याउने र ल्याउने थियो । उसलाई पनि स्कुल जान एकदमै रहर थियो । एकदिन उसले आफ्नी साथी सुमनालाई बाटोमा भेटी र उसले भनेका कथाहरू सुनेर उसले आफ्नो आँसु रोक्न​ सकिन । भाइलाई स्कुल पुर्‍याउन गएकी  ऊ रुँदै घर फर्की । अर्को दिन बुबा स​हर जान​ लाग्नुभएको बेला सुनैनाले बुबालाई पर्खिन इशारा गरी र एकछिन पछि ऊ रुन​ थाली । त्यसपछि उसले आफू स्कुल जान मन लागेको कुरा बुबासँग​ गरी  । उसलाई पनि त्यही दिन भर्ना गरियो । उसको दिमाग एकदमै छुरा छ भन्दै उसका शिक्षकहरूको उसको प्रशंसा गरिरहेका थिए । ऊ पनि खुसी हुँदै भाइसँग घर फर्किँदै थिई तर ऊ लडेर घुडाँमा चोट लाग्यो । उसको कालो पाटी पनि फुट्यो । घर पुगेपछि त्यही कुराको चिन्ता लिँदै ऊ निदाई तर नराम्रो सपना देखेर ऊ रुन थाली । उसलाई बुवा-आमाले अबदेखि नपढाउने भन्ने कुरा सपना देखेको र रुन थालेको कुरा उसले बताई  तर उसलाई बुवा-आमाले धेरै पढाएर महान् मान्छे बनाउने भन्नुभयो । ऊ कहिले प्रथम त कहिले दोस्रो हुन्थी । उसको मिहिनेत​ र परिश्रम देखेर सबै प्रसन्न थिए । एसईई परीक्षामा सबैभन्दा बढी जिपिए ल्याई प्रथम भएकी थिई र पत्रकारको टोली सदरमुकामबाट विद्यालयमा आयो र सुनैनाको अन्तर्वार्ता लिए अनि उसले शिक्षक-शिक्षिकाहरू, साथीभाइ र आमाबुबाको योगदानको प्रशंसा गरी । केही वर्षपछि ऊ नेपालको ठुलो अस्पताल, वीर अस्पतालमा डाक्टर भ​ई र दीनदुःखी एवम् गरिब बिरामीहरूको सेवामा विशिष्ट योगदान दिएको कारणले ‘सर्वोत्कृष्ट डाक्टर’ को उपाधिले उसलाई सम्मान गरियो ।

परिवेश:
कालोपाटी उपन्समामा सुनैनाको घर, सुनैना र उसको भाइ पढ्ने स्कुल, वीर अस्पताल स्थलगत परिवेशको रुपमा आएका छन् । यो कथामा भएका सबै घटना पन्ध्रदेखि बिस वर्षको समयभित्र घटेको अनुमान गर्न सकिन्छ ।

सिफारिस वा निष्कर्ष:
म यो पुस्तकलाई सिफारिस गर्छु किनभने यो पुस्तकले हामीलाई छोरा र छोरीमा भेदभाव गर्नुहुँदैन​ र उनीहरूलाई बराबर पढाएर महान् मान्छे बनाउनुपर्छ भन्ने सिकेँ ।