Logo

Student Corner

बुबाको मुख हेर्ने दिन

Written by: Ambira Pradhan - 24009, Grade XI

Posted on: 07 September, 2022

भदाै ११ गते बुबाको मुख हेर्ने  दिन  थियो । मैले बाबालाई रातकाे १२ः०० बजे पहिले नै शुभकामना दिएकी थिएँ । मैले आमासँग बुबाको मुख हेर्ने  दिनको लागि केक बनाएकी थिएँ । भदाै ११ गते बिहान म ७ बजेतिर उठेर हतार हतार नुहाएर तयार भएँ । त्यसपछि म, मामु, बाबा र मेरी बहिनी  अजा, मामा  र बाबासँगै बुवाकोमुख हेर्ने  दिन मनाउन मामघर गर्यौँ । हामी त्यहाँ पुग्दा प्रकृष्ठी दिदी हुनुहुन्थ्याे । किनभने उहाँ ग्रेड बढाउने परीक्षा दिन जानुभएकाे थियाे । त्यसपछि मामा,अजा र बाबाले केक काटेपछि हामीले बिहानको खाजा खायौँ । त्यसपछि हामीले मंगल अजा, अजी र ङिनीलाई पनि भेट्यौँ । हामीले सगुन टीकापछि  केही बेर कुराकानी पनि गर्यौँ ।

मुख हर्ने काम सकेपछि मामुले मिठो खाना बनाउन थाल्नुभयो ।  हामी सबैले केही बेर कुरा गर्यौँ र खान खान थाल्यौँ । खाजा धेरै स्वादिष्ट थियो । मैले धेरै मीठाे मानी खाएँ  । त्यसपछि करिब एक घण्टापछि माइजू र दिदीहरूसँगै मेरो अर्को मामा भेट्न आउनुभयो र हामीले रमाइलो कुराकानी गर्याैँ । त्यसपछि अजीले मलाई गएर आइसक्रिम ल्याउन भन्नुभयो । म प्रकृष्णसँग बिग मार्ट गएँ र १ लिटर चकलेट आइसक्रिम ल्याएँ । सबैले आइसक्रिम खाए । हामीले  माइजूले बनाउनु भएको फर्सीको केक पनि खायाैँ । केही बेरमा लबी मामा जानुभए पछि फेरि कुरा गर्याैँ ।
गितार बजाउँदै बाबाले गीत गाउन थाल्नुभयो । मैले पनि बाबासँगै केही गीत गाएँ । मैले इटालियन गीत पनि गाएँ र प्रकृष्णसँग बेगिन’ गीत पनि गाएँ । त्यसपछि हामी घुम्न गयौँ । घर फर्किँदा थाकेर फर्कियाैँ  । मैले साँधेको  बदाम  बनाए र हामीले टिभी हेर्दै रातको खाना खायौँ । हामीले खानाको साथसाथै टिभी हेरी रमायाैँ ।त्यसपछि म मेरो कोठामा गएँ । केही समयको लागि डिमन स्लेयर हेरेँ र सुतेँ।