Logo

Student Corner

नेपालको वर्तमान समस्या

Written by: Phoebe Shrestha - 26016, Grade IX

Posted on: 07 September, 2022

    वर्तमान अवस्थामा नेपालमा भने धेरै समस्याहरू देखा परेका छन् । हुन त हरेक  देशहरूमा एउटा न एउटा न समस्या हुन्छ नै । नेपालमा भने धेरै नै समस्याहरू छन्, जस्तै:- पानीकाे श्राेत भए पनि सही सदुपयाेग नहुँदा जताततै खानेपानीकाे समस्या देखिनु, आयआर्जन कम हुँदा आर्थिक समस्या हुनु, गाँउघरमा  पर्याप्त सुविधा नहुनु, जल्दाेबल्दाे समस्याका रूपमा  रहेकाे काेराेना र  डेंगु राेग, अत्याधिक मात्रामा बेराेजगारी समस्या र व्यक्तिगत स्वार्थमा राष्ट्रिय सम्पतिकाे चरम दुरूपयाेग आदि रहेका छन् ।  बढ्दाे बेराेजगारीका कारण तथा राेजगार भए पनि जीवन जीउन कठिन हुने भएकाले धेरै नेपालीहरूले नेपाल छोडेर अरू देशमा जानुपर्ने एउटा ठुलाे समास्या बनेकाे छ । नेपालमा राम्रो पारिश्रमिक नभएको कारण विदेशमा गएर पसिना बगाउनु बाध्यता बनेकाे छ । गाँउघरमा हुनुपर्ने जति सुविधा नभएकाे देखिन्छ, जस्तै:- सबैकाे पहुँचमा अस्पताल नहुनु, विद्यालय नहुनु,  पानी लिन पनि ३ देखि ४ घण्टासम्म हिँडेर जानुपर्ने अवस्था हुनु, यातायातकाे सुविधा भनेजस्ताे नहुनु आदि । गाँउघरमा अस्पताल नजिक नहुँदा तत्काल उपचारकाे गर्नुपर्ने अवस्थामा समस्या सिर्जना हुने गर्दछ। यातायातकाे साधन तथा सडककाे व्यवस्थापन उचित नहुँदा सर्वसाधारणकाे लागि कठिन हुँदै गएकाे छ । नेपालमा कोरोना राेगकाे समस्या सुल्झेकाे जस्ताे देखिए पनि सङ्क्रमण दर बढ्दै गएकाे समाचारमा सुनिन्छ। तर अहिले फेरि नयाँ जल्दाेबल्दाे डेंगु भन्ने रोग आएको छ । त्यो लामखुट्टेकाे टाेकाइबाट लाग्ने  एउटा सरुवा रोग हो जुन पाेथी लामखुट्टेकाे टाेकाइबाट सर्दछ । नेपालको अर्काे समस्या भने भनेको गरिबी रहेको छ। कोरोनापछि नेपालमा धेरै मानिसहरू गरिबीकाे समस्याबाट पिराेलिएका छन् । नेपाल अहिले अत्यन्तै नाजुक अवस्थामा छ किनकि विकासाेन्मुख देशमा हुने ठुलो भ्रष्टचारका कारण विकासका कामहरू ठप्प छन्। कानुनको कमजोर कार्यान्वयनका कारण देशका नेताहरूले त्यसको पूरा फाइदा उठाउँदै देशको विकास गर्नुको सट्टा आफ्नै व्यक्तिगत जीवन विकास गर्न व्यस्त छन्। नेपालमा देखिएका यस्ता समस्याहरूलाई हामी सबै मिलेर समाधानकाे बाटाेतर्फ केन्द्रित हुन आवश्यक देखिन्छ ।