Logo

Student Corner

हार र जित

Written by: Sashwat Paudel - 23038, Grade XII

Posted on: 06 September, 2022

मेरो लागि जीवनमा
हार र जित, दुवै समान छन् । 
जित  विजय  प्राप्त गर्नु 
विजय केवल  एउटा भ्रम मात्र  हो ।

यसले केवल क्षणिक खुसी दिलाउँछ,
जितले हर्ष  र आनन्द प्रदान गर्छ । 
तर त्यस  सँगसँगै अल्छी भएर बस्न सिकाउँछ,  
तर, जितले मात्तिन  सिकाउँछ ।


हार पराजित  हुनु, 
पराजित हुने भनेको  मेरो लागि उपहारसरह हो  । 
हार नै नभए जित्नुको के उद्देश्य ? 
हारले हामीलाई भुइँतिर लडाउँछ, 
तर लडेको  बेला  कसरी उठ्ने भनेर पनि सिकाउँछ ।
हारले  जित प्राप्त गर्नका लागि  तयार गर्छ,
हारले जीवनमा महत्त्वपूर्ण  पाठ सिकाउँछ ।


तर, मेरो लागि
जित भनेको विजयी  हुनु कदापी हाेइन  ।
मेरो लागि जित्नु भनेको प्रतियोगितामा  
प्रथम  भेनर घोषित  हुनु हाेइन  ।

प्रमाणपत्र र पदक पाउने  मेरो सोच पनि छैन  ।
मेरो लागि जित्नु / विजयी  हुनु भनेको, 
ती प्रतियोगिताबाट अनुभव  बटुलेर,  
पहिलेभन्दा राम्रो  बन्नु हो ।

पहिलेभन्दा  योग्य, पहिलेभन्दा सक्षम बन्नु हो
हिजोभन्दा अझै कुशल हुने 
सुनौलो मौका पाउनु  हो  ।
त्यसैले मेरो जीवनमा
हार र जित दुवै समान छन् ।