Logo

Student Corner

हे मानिस

Written by: Niharika Chapagain - 25006, Grade X

Posted on: 06 September, 2022

हे मानिस ! 
जब ईश्वरको अस्तित्व थाहा छैन तिमीलाई  
तब तिमी पुण्यका लागि किन मर्छौ ? 
जब धर्म धर्म भन्दाभन्दै यता उति दौडन्छौ 
तब धर्मको नाममा लास किन बिछ्याउँछौ तिमी

हे मानिस ! 
भन्छौ बुद्धका छोराछोरी हौँ हामी 
तर हातमा खुकुरी बोकी र 
कागजका केही शब्द पढी 
शुद्ध हुन खोज्छौ तिमी

हे मानिस ! 
दुखी र असहायको अगाडी 
आँखा चिम्लिन्छौ तिमी 
तर अदृश्य शक्तिको खोजीमा 
रुन्छौ किन तिमी 
हे मानिस ! 
आफ्नै भाइलाई चोट पुऱ्याएर
आमाको चरणलाई पुज्छौ तिमी
आफ्नै भाइको हत्या गरेर 
अमृत सरी माया हत्याउन खोज्छौ तिमी

हे मानिस ! 
एक्लो मानिसको सुखका लागि 
कयौँको खुसी लुट्छौ तिमी 
यतिसम्म गरेर पनि 
रातमा आरामले निदाउँछौ कसरी तिमी    
रातमा आरामले निदाउँछौ कसरी तिमी ।।