Logo

Student Corner

झमक र उनकाे सङ्घर्ष

Written by: Aarya Dhami - 27023, Grade VIII

Posted on: 06 September, 2022

झमककुमारी घिमिरेको जन्म वि सं २०३७ असार २१ गते धनकुटा जिल्लाको कर्चिड गाउँमा भएकाे थियो । उनी आफ्ना माता पिताकी पहिलो सन्तान हुन् । जन्मदा उनी अन्य शिशु झैँ देखिन्थिन्, तर उनलाई मस्तिष्कीय पक्षघात जस्तो गम्भीर रोग लागेको थियो। उनका हात गोडा सक्रीय हुन सकेनन्, उनको बोली पनि आएन र उनी बहुअपाङ्गता अवस्थामा पुगिन् । यसरी नै उनको बाल्यकाल दुःखमय र कष्टकर बित्यो ।

झमक घिमिरे मस्तिष्कीय पक्षघातका कारण बहुअपाङ्गता अवस्थामा भए पनि उनमा अद्भुत प्रतिभा श्रवणशक्ति चाहिँ थियो । उनले धुलो फुकेर 'क' लेख्ने प्रयास गरिन् । उनले धुलामा टाउको घुमाउँदै फुकेर लेखेको 'क' देखियो । यसपछि उनले शून्य हल्लाउँदै 'क' लेखिन्, त्यो 'क' उनी मात्र देख्थिन् । यसपछि उनले आखाँले हेरेर अक्षरको आकृतिलाई आफ्नो दिमागमा राखिन्, हात चल्दैनथे हिँड्न र डुल्न नसक्ने भएपनि गोडा भने चल्थे । उनी गोडाका बुढी औँला र चोरी औँलाले सिक्का च्यापेर धुलामा लेख्ने अभ्यास गरिन् । सुरूका प्रयास सफल नभए पनि उनले हिम्मत हारिनन् । लेख्दै जाँदा उनको पहिलो शब्द 'कलम' भयो । यसरी उनले आफ्नै तरिका, युक्ति, कडा साधना र प्रबल इच्छा शक्तिका कारण अक्षर र शब्द चिन्ने प्रयास गरिन्। झमकले धेरै दु:खका कहाली लाग्दा क्षण र अवस्था बिताए पनि उनी एउटी महान् कवि बनिन्। उनले आफ्नो जीवनका बारेमा एउटा कृति लेखिन्, त्यस कृतिको नाम जीवन काँडा कि फूल राखिन् । यो एउटा संस्मरणात्मक कृति हो । पछि यस कृतिका कारण झमकले मदन पुरस्कार, उत्तम-शान्ति पुरस्कार, गुञ्ज्न प्रतिभा पुरस्कार,अस्वीकृत विचार साहित्य पुरस्कार, कविता राम बाल साहित्य प्रतिभा पुरस्कार, पद्मश्री साहित्य पुरस्कार आदि । उनका यी कृतिका कारण उनले धेरै सम्मान र आदर प्राप्त गरिन् । विश्वमा झमक जस्तै अवस्थाका अन्य चर्चित स्रष्टाहरू पनि छन् । त्यसमध्ये क्रिस्टोफर नोलन एक हुन । उनले 'अन्डर द आई अफ द क्लक' भन्ने पुस्तक लेखेका हुन् । अरू व्यक्तिहरूमा हेलेन केलर, बैज्ञानिक स्टिफन हकिङ आदिका नाम आउँछन्। उनीहरू सम्पन्न र विकसित देशमा जन्मेका थिए । उनीहरू आफ्नो शारिरिक अपाङ्गताका का्रण विश्वमा अतुल्नीय काम गर्न सफल भएका छन् । त्यसैले उनीहरूलाई बाँच्न,अक्षर चिन्न र लेखपढ गर्न झमक जस्तो सङ्घर्ष सायदै गर्नुपरेन होला । तथापि नेपाल जस्तो देशमा सामान्य किसान परिवारकी उनले जे गरेकी छन् त्यो विश्वमै अतुलनीय छ ।