Logo

Student Corner

कमिला

Written by: Rachit Bhattarai - 31021, Grade IV

Posted on: 06 September, 2022

कमिला एउटा सानो किरा हो । कमिलाका छवटा साना खुट्टा हुन्छन् । कमिला धेरै थरीका हुन्छन् । कमिला धेरै रङका पनि हुन्छन् । सेतो रङको कमिलाले किताब र लुगा टाेकेर खान्छ । रातो कमिलाले हामीलाई टोक्दा धेरै दुख्छ । रातो कमिला र कालो कमिलालाई चिनी धेरै मन पर्छ । कमिलाहरू सानो दुलोमा बस्छन् । कमिलाले समूहमा मिलेर काम गर्छन् । कमिला धेरै मिहिनेती हुन्छन् । मरेको किराफट्याङ्ग्राहरूलाई आफ्नो दुलोमा लगेर कमिलाहरूले खान्छन् । कमिलाहरू समूहमा हिँडेकालाई कमिलाका ताँती भनिन्छ ।