Logo

Student Corner

काठमाडौँको अवस्था

Written by: Aaditya Sapkota - 23001, Grade XII

Posted on: 02 September, 2022

काठमाडौँ नेपालको राजधानी हो । यहाँ हरेक कुराकाे सुविधा छ । मानिसलाई सुविधा भए पनि यहाँकाे जीवन निकै व्यस्त र चुनाैतिपूर्ण छ । काठमाडौँको सुन्दरताले पर्यटकहरूको आँखामा धुलो छर्किएको छ । यहाँ  विभिन्न थरीका मन्दिर, गुम्बा आदि धार्मिक स्थलहरू छन् । यिनै कारणले पनि पर्यटकहरू नेपालमा आउँछन्  तर यी कुराहरू व्यवस्थित छैनन्  । 

धेरै समय पहिले काठमाडौँमा भएको वाग्मती नदी स्वच्छ र सफा नदी थियाे रे । वाग्मतीमा मानिसहरू पहिले पौडी खेल्न जान्थे रे । त्यहाँको पानी पनि खान्थे रे । तर अहिले फोहोरको गतिलो व्यवस्थापन नभएर वाग्मती  एकदम फोहोर भएको छ । अहिले सबै फोहोरहरू वाग्मतीमा फाल्ने गर्छन् । वाग्मती फोहोर भएका कारण अहिले दिनप्रतिदिन काठमाडौँमा खानेपानीको समस्या बढ्दै गइरहेकाे छ  । मानिसकाे जनसङ्ख्या बढ्दाे छ । बढ्दाे जनसङ्ख्यालाई पुग्ने पानी भने छैन । मानिसहरूको दिनदिनै स्वच्छ पानी खान नपाएर राेगी हुँदै गएका छन् । यहाँ धनीहरूको सङ्ख्याभन्दा बढी गरिबहरूकाे सङ्ख्या धेरै हाेला । काठमाडौँको जनसङ्ख्या अब यहाँकाे जमिनले धान्नेभन्दा धेरै माथि पुगिसकेको छ । पहिलेका खेलमैदान, खेत सबै अहिले घरहरू बनेर कुनै पनि ठाउँ खाली छैन  ।  

देशकाे मुख्य राजधानी भएर पनि यहाँ धेरै सडकहरूकाे अवस्था बिग्रेकाे छ । सडकमा पानी जमेको हुन्छ भने कतिपय बाटोहरू धुलाम्य छन्  ।  यसैकारण पनि प्रदूषण  बढ्दाे मात्रामा छ ।  यही प्रदूषणका कारण यहाँ बस्ने मानिसहरूको स्वास्थ्य एकदमै बिग्रिएको छ । व्यवस्थित सहरीकरण नहुनाले ट्राफिक जामकाे अत्यधिक समस्या छ । कुनै ठाउँमा भनेकाे समयमा पुग्न कठिन छ । काठमाडाैँ राजधानी भएर पनि याे स्वच्छ र सफा भने हुन सकेकाे छैन ।