Logo

Student Corner

गाउँघरको यातायात र सडकको अवस्था

Written by: Angel Dhimal - 25002, Grade X

Posted on: 02 September, 2022

एक ठाउँबाट अर्को ठाउँमा जानको लागि हामीलाई यातायातको उचित सुविधा चाहिन्छ। फराकिलाे तथा सुविधायुक्त सडककाे आवश्यक हुन्छ । सार्वजनिक वाहनहरू राम्रो अवस्थामा हुनुपर्छ। सहरमा बस्दा हामीले राम्रो यातायातको सुविधा पाएका छौँ र गाउँकाे तुलनमा  सडकको अवस्था ठिक हुन्छ । आज पनि गाउँमा यातायातको पर्याप्त मात्रामा  सुविधा छैन । नेपालको  दुर्गम ठाउँमा मानिसहरूले एक ठाउँबाट अर्काे ठाउँमा जान धेरै दुःख पाइरहेका छन् । 

यातायातकाे सुविधा नभएको कारणले गर्दा मानिसहरूले दिनभरि हिँडेर भए पनि आफ्नाे गन्तव्यमा पुग्नुपर्ने अवस्था रहेकाे छ । अलिकति सुविधा भएकाे ठाँउमा सवारी साधन आउन  लामो समय कुर्नु पर्ने अवस्था हुन्छ। गाउँघरतिर त अझ राम्रो बाटो पनि हुँदैन। गाउँका सडकमा प्रायः खाल्डाखुल्डीले भरिएका हुन्छन् । जनतालाई सार्वजनिक सवारी साधनको उचित सुविधा उपलब्ध गराउने प्रयास गरे पनि सबैभन्दा ठूलो समस्या सडकको खराब अवस्था वा समयमै मर्मत सम्भार हुन नसक्नु हो । मानिसहरू आफ्नो गन्तव्यमा पुग्न लामो समय हिँड्नुपर्छ । सडकको दुरावस्थाका कारण विभिन्न ग्रामीण इलाकामा जाने बाटोमा धेरै दुर्घटना हुने गरेको समाचारमा सुनिन्छ । लामो दुरीको गाडीहरू आएपनि कहिलेकाहीँ मात्र आउने ठाउँहरू पनि छन् नेपालमा।  वर्षायाममा सडकको अवस्था नाजुक हुँदै जाँदा गाडी चलाउन र कहिलेकाहीँ हिँड्न पनि गाह्रो हुन्छ । हामीले समाचारमा सुनेका छौँ कि त्यहाँ विद्यालय पुग्न बालबालिकाहरूले २ देखि ३ घन्टा हिँड्नुपर्छ । त्यस्तै गरी व्यवसायिक खेती गर्न चाहनेहरूका लागि सडककाे सुविधा हुन नसक्दा समयमा बजारमा  पुऱ्याउन कठिन हुन्छ । यातायातको उचित सुविधा नहुँदा धेरैले आफ्नाे बारीमा उत्पादन नभएका  बाली बेच्न नसकेकाले त्यहाँका बाली नजिकैका गाउँमा बेच्न बाध्य हुन्छन् । जसले गर्दा पर्याप्त नाफा पनि हुँदैन । उनीहरूलाई जीवनयापन गर्न पनि धाैधाै भएकाे हुन्छ। कोही बिरामी भएमा सडकको अवस्थाका कारण एम्बुलेन्स आउन लामो समय लाग्छ । अधिकांश ग्रामीण क्षेत्रका मानिसहरूको अवस्था उस्तै छ । उनीहरूसँग यातायातको उचित सुविधा हुँदैन । ग्रामीण क्षेत्रमा यातायातको उचित सुविधा नहुनुको मुख्य कारण सडकको अवस्था पनि हो । धेरै ठाउँमा नियमित रूपमा सार्वजनिक सवारी साधन नहुँदा हरेक क्षेत्रमा समस्या सिर्जना भएकाे छ । हामीले यी समस्याहरूको समाधानको लागि सोच्नुपर्छ। 

सबैभन्दा पहिले सडकको अवस्था सुधार गर्नुपर्छ । प्रत्येक गाउँमा दैनिक बढीमा २ वटा सार्वजनिक यातायातकाे सुविधा हुनुपर्छ । बालबालिकाको विद्यालय जाने खर्च निःशुल्क हुनुपर्छ । मानिसहरूलाई आवश्यक परेकाे समयमा मद्दत गर्नुपर्छ। समस्या नआओस् भनेर ग्रामीण क्षेत्रका जनतालाई पनि विभिन्न कुराबाट सहजीकरण गर्नुपर्छ । अतः गाउँघरमा यातायात र सडककाे व्यवस्थापनका लागि सम्बन्धित सराेकारवाला सबैले समयमा नै अध्ययन, अनुसन्धान र नियमनकारी भूमिका निर्वाह गर्नुपर्छ ।