Logo

Student Corner

घाम

Written by: Bipan Sajwal - 24016, Grade XI

Posted on: 01 September, 2022

झुल्क्याे घाम पहेँलाे सुन्दर मुहार देखाई,
उज्यालाे छरेर पाखाकाे हिमाल सेकाई । 
सुनजस्ताे चम्किलाे प्राकृतिक रतन
चाहेर सक्दैन गर्न कसैले परिवर्तन ।

हामीलाई उज्यालाे न्यानाे दिएर उत्साह, 
वाह वाह साच्चै घाम कति निःस्वार्थी । 
छर्छ प्रकाश दिन्छ ऊर्जा गरिब धनी नभनी,
आह कति प्याराे घाम पुग्छ सबै ठाम ।

जब लाग्छ घाम गुँडबाट निस्कन्छन् बचेरा,
अनि उड्न थाल्छन् बादललाई आकाश मानी। 
कुरी बस्छन् फलफूल घाम कहिले आउने,
आनन्दकाे माैसम मानी फुल्छन् फूलहरू ।

घामपानीले चलेकाे छ उज्यालाेले बलेकाे छ, 
याे प्रकृति अनाैठाे छ घामपानीले फलेकाे छ । 
प्याराे सबकाे घाम अनि साथै चिसाे पनि,
घामकै कारण रहेकाे छ संसार ताताे बनी ।