Logo

Student Corner

अधिकार

Written by: Sohana Ale Magar - 25016, Grade X

Posted on: 01 September, 2022

न पाउँछु याे ठाउँमा बाेल्न 
न त आफ्नाे कुरा राख्न 
बाँधिएकाे जस्ताे लाग्छ 
आफ्नै ठाउँमा बस्दा पनि

के सधैँ बाँधिनु पर्ने म ??
कहिले हाेला आफ्नाे कुरा पाेख्न पाउने ?
कहिले म आाफ्नै देशमा खुलेर बाेल्न पाउने ?
कहिले हाेला मनकाे कुरा खाेल्दा डर नलाग्ने ?

अरू देशमा  हरपल  देख्छु 
मनकाे कुरा निर्धक्क राखेकाे 
चराजस्तै रमाउँदै डुलेकाे

विकास भएकाे मेराे देश, देख्न चाहान्छु
फेरिएकाे मेराे देश, देख्न चाहान्छु 
सबैले पाएकाे अधिकार देख्न चाहान्छु 
तर,
कहिले हाेला हामीले पाउने अधिकार !!!!!!
कहिले हाेला हामीले पाउने अधिकार !!!!!!