Logo

Student Corner

भ्रष्टाचार

Written by: Neharika Panta - 23028, Grade XII

Posted on: 31 August, 2022

भ्रष्टाचारलाई शब्दमा परिभाषित गर्न सकिदाे रहेनछ,
यसको त अनुहार  नै फोहोर रहेछ । 
म पक्का छु कि भ्रष्ट व्यक्तिहरूलाई,
शान्त निन्द्रा कहिल्यै मिल्दैन त्यसलाई ।

म पक्का छु, कि भ्रष्ट व्यक्तिलाई
समाजबाट इज्जत कहिल्यै मिल्दैन । 
म पक्का छु, कि भ्रष्ट व्यक्तिलाई,
जीवनमा आत्मसन्तुष्टि कहिल्यै मिल्दैन ।

सबलाई थाहा छ यसको असर,
र पनि राख्दैनन् गर्न कुनै कसर । 
त्यसो भए किन गर्छन् भ्रष्टाचार,
यो त एक पेसा जस्तै भएको छ ।

यो एक महामारी जस्तै फैलिरहेको छ,
घुस लिने दिनेको बिमारी फैलिरहेको छ । 
लटु र झुटको जाल बुनिएको छ,
भ्रष्टाचारीलेआफ्नो घर भर्दै छ ।

किनकि 
उसले भ्रष्टाचार सिकेको छ,
उसले अग्रजबाट देखेकाे छ। 
भ्रष्टाचार बढ्यो यहाँ गाड्यो जरा बेसरी,
यो जकडिएको जरालाई निर्मूल पार्ने अब कसरी ?