Logo

Student Corner

‘मेराे रमणीय यात्रा’ (यात्रा संस्मरण )

Written by: Remon Sangat - 25012, Grade X

Posted on: 31 August, 2022

शुक्रबारकाे दिन थियाे। मेराे सपरिवार शुक्रबार बेलुका चन्द्रागिरि बस्न जाने कुरा भयाे । हामी सपरिवार शुक्रबार बेलुका त्यहीँ गएर बस्याैँ । हामी बाटाेमा पनि रमाइलाे गर्दै गयाैँ । हामी चढ्ने ठाउँ नजिकै पुगेपछि हामीले हाम्राे गाडी तलै पार्क गऱ्यौँ र हामी सबै केबुलकार चढेर हामी मन्दिरबाट हाम्राे हाेटेल १५/२० मिनेट टाढा थियाे । हामी गाडीबाट गयाैँ । हामी हाेटल पुगेर एकछिन हाम्राे बस्ने काेठामा आराम गऱ्यौँ । त्यसपछि मात्र हामी बाहिर घुम्न गयाैँ । हामीले त्यहाँ साह्रै रमाइलाे गऱ्यौँ  । हामीले हामी बसेकाे हाेटेलभन्दा बाहिर नै खाना खायाैँ । खाना खाएपछि अबेरसम्म बाहिर नै बसेर रमायाैँ । केही समयपछि मात्र हामी बस्ने काेठातर्फ लाग्याैँ । रमाइला कुराकानी गरेर बस्याैँ । हाेटलवालालाई जुस मगायाैँ । त्याे पनि खायाैँ । यसाे घडी हेर्दा त रातीकाे १२ बज्न थालिसकेकाे थियाे हेऱ्योँ। त्यसपछि हामी आआफ्नाे काेठामा सुत्न गयाैँ ।

पछिल्लाे दिन बिहानै उठ्याैँ । मन्दिर दर्शन गर्न गयाैँ । दर्शन गरेर हाेटेलमा आयाैँ । हामीले खाजा खायाैँ । खाजा खाएकाे केही समयपछि पाैडी खेल्याैँ । पाैडी खेल्दाखेल्दै बिहानकाे ११ बजेकाे पत्तै पाइएन । त्यसपछि  खानेकुरा मगाएर रमाउँदै खायाैँ । अनि विभिन्न तरिकाले फाेटाे खिच्याैँ, रमायाैँ । हामी बसेकाे हाेटेलबाट काठमाडाैँ उपत्यकाकाे रमणीय दृश्यावकाेलन गर्न साह्रै रमाइलाे हुने रहेछ । केही समय मज्जाले काठमाडाैँ उपत्यकालाई हेऱ्याैँ अनि रमायाैँ र अर्काे पटक पनि अवश्य आउने निर्णय गऱ्यौँ  । कस्ताे अचम्म ठाउँ रहेछ । माैसम पनि समय समयमा परिवर्तन भइरहने रहेछ । उत्तिबेरमाइलाे अनुभूति भयाे । दिन ढल्किदै गयाे । घर फर्किने बेला भयाे । मलाई भने आज पनि यतै बसे हुन्थ्याे भन्ने मनमा लागिरहेकाे थियाे तर घरमा फर्किनै पर्ने थियाे ।  हामी घर फर्किने बेला सबैले आइसक्रिम खायाैँ । गाडीमा चढ्याैँ र घरतिर लाग्याैँ । घरसम्म पुग्दा हामी सबै थाकेका थियाैँ तर पनि मेराे मानसपटलमा भने  त्यहीँ चन्द्रागिरि र त्यहाँबाट देखिने मनाेरम दृश्यमात्र नाचिरहेकाे थियाे । चन्द्रागिरिकाे त्याे पारिवारिक भ्रमण मेराे लागि त अविस्मरणाीय नै भयाे ।