Logo

Student Corner

साथी

Written by: Shreevaani Dhungel - 29044, Grade VI

Posted on: 31 August, 2022

आऊ साथी मिलिजुली खेलाैँ हामी खेल
कहिले अघि कहिले पछि नगराैँ हे झेल
साथमा साथ काँधमा काँध राख्दै खेलाैँ खेल
साथी हामी रमाइलाे गर्दै खेलाैँ खेल ।

कहिले म रिसाउने तिमी फकाउने
रिसाउँदै फकाउँदै जीवन बिताउने 
साथी हामी हाँसाैँ खेलाैँ ज्ञानी गुणी भई
सबैलाई माया गराैँ दुख सुख भुली ।

घाम लाग्याे घमाइलाे पानीले रुझाउने
खेल्दाखेरि हामी कहिल्यै नगराैँ रिसाउने 
गुरुआमा गुरुबाले आशीर्वाद दिने
मातापिता आमाबाले असल बन भन्ने ।

पढ्ने लेख्ने सिप सिक्ने यही हाे उमेर 
साथीभाइ सबै हामी बढाैँ है मिलेर ।