Logo

Student Corner

मेरो बाल्यकाल

Written by: Radharani Sen - 31022, Grade IV

Posted on: 31 August, 2022

म काठमाडौँ जिल्लाको जोरपाटी अत्तरखेलस्थित नेपाल मेडिकल कलेजमा मिति २०६९/०४/२५ गते बिहिवार श्रीकृष्ण जन्माष्टमीको दिनमा जन्मिएकी हुँ । मेरो शिशुकाल मेरी मामु र मेराे बाबाको काखमा बित्यो । सानाेमा म धेरै रुने गर्थेँ । म दिउँसो निदाउँदिन थिएँ । म राति आनन्दले निदाउँथेँ ।  म बेला बेलामा धेरै बिरामी हुन्थेँ । म प्रस्ट बोल्ने गर्थेँ । म लजाउँदिनथेँँ । धेरै मानिसहरूले मलाई माया गर्थे रे । म मेरो बाबा काममा जाने बेलामा पछ्याउँथेँ । मलाई मेरी आमाले तेल लगाइदिनुहुन्थ्यो । त्यसपछि जब म साढे तीन वर्षकी भएँ तब मेरो घरनजिकै रहेको मार्बलस मन्टेश्वरी प्रि.स्कुलमा नर्सरी कक्षामा भर्ना भएँ । त्यहाँका गुरु तथा गुरु आमाहरूले माया र ममता देखाएर मलाई रेखदेख गर्नुहुन्थ्यो । मैले आफ्नो मन्टेश्वरी कक्षाका सबै श्रेणीहरू पूरा गरेँ । त्यसपछि जब म कक्षा एकमा पढ्ने भएँ तब मेरा बाबा र मामुले एक आपसमा सल्लाह गरेर मलाई सिफल माध्यमिक विद्यालयमा भर्ना गराइदिनुभयो । जब म नयाँ स्कुलमा भर्ना भएँ म धेरै रमाएकी थिएँ । त्यहाँको पहिलो मेरी साथी सताक्षी थिइन् र मेरा साथीहरू आरिका र शुभश्री पनि साथी बन्दै गएँ ।  हामी चारजना सँगै खेल्ने गर्थ्याैँ । त्यसपछि हाम्रो संसारमा एउटा अनौठो भाइरस काेभिड-१९ आयो र हाम्रो स्कुल बन्द भयो । हाम्राे अनलाइन कक्षा सुरु भयो । मैले मेरो बाल्यकालमा धेरै रमाइलो गरेँ र धेरै नयाँ नयाँ कुराहरू सिकें भन्ने कुरा मेरा आमाबुबाले गर्नुहुन्छ । हाल पनि म धेरै नयाँ कुराहरू सिक्दै छु । मैले मन्टेश्वरीमा रहँदा नाच्ने, गाउने अभिनय गर्ने र बोल्ने जस्ता धेरै कार्यक्रमहरूमा भाग लिन्थेँ ।  हाल पनि मलाई पढाइको साथमा अन्य क्रियाकलापहरू गर्न धेरै मन पर्छ ।