Logo

Student Corner

मेरो परिवार

Written by: Prisha Poudel - 33039, Grade II

Posted on: 31 August, 2022

मेरो परिवारमा पाँच जना सदस्य हुनुहुन्छ । हामी परिवारमा बुवा, आमा, दाजु, म र काका छौँ । हामीलाई सहयोग गर्नको लागि एकजना दिदी पनि हुनुहुन्छ । मेरो बाबाको नाम श्याम कुमार पौडेल हो । बाबाले विभिन्न सरकारी तथा गैरसरकारी परियोजना तथा आयोजनामा काम गरेको अनुभव छ । बाबासँग क्यानडा बसाइको पनि लामो अनुभव छ । मेरी आमाको नाम नारायणी भट्टराई हाे । मेरी आमा बैंकमा काम गर्नुहुन्छ । मेरो दाजुको नाम प्रांशु पाैडेल हो । मेरो दाजु आ.इ.टी इन्जिनियर हुनुहुन्छ । मेरो काकाको नाम शरद पौडेल हो । मेरो काका गैरसरकारी संस्थामा काम गर्नुहुन्छ ।