Logo

Student Corner

युवा

Written by: Ashna Shrestha - 23064, Grade XII

Posted on: 29 August, 2022

युवा नयाँ सोच र उमङ्ग लिएर  म आएँ ,
विकासमा कसैले रोक्न सक्दैन, 
युवाको जोस ठुलो भए,
कसैले देशलाई तल झार्न सक्दैन |

कसैले भन्छन् युवा काँचो माटो,
केही भन्छन् युवा भविष्य, 
हामी हौँ राष्ट्रका गहना,
देऊ; जिम्मेवारी
पूरा गर्छौ; हामी युवा ।

बुझ्छाैँ सबैको भावना, 
देशकाे उन्नति हाेओस् ।
यहाँ शान्ति छाओस्,
यही छ हाम्राे कामना।  

हामीलाई देऊ जिम्मेवारी ,
सिप अनुसार गर्छौँँ काम ,
राष्ट्रको नाम चम्काउन ,
हामी युवा लाग्छौँ लाम
गरेर देखाउँछाै राम्राे काम
चम्काउँछाैँ देशकाे नाम ।