Logo

Student Corner

हे जीवन

Written by: Yureka Adhikari - 29049, Grade VI

Posted on: 29 August, 2022

हे जीवन, छन् तिम्रा धेरै नाम,
हे जीवन, तिमीले प्रस्तुत गरेका मौकाले बनोस यो संसारमा डाम,
हे जीवन, पुतली र फूल झैँ छन् तिम्रा हजारौ रूप र रङ्ग,
हे जीवन, तिमी बदली रहन्छौ शरीर होस् वा मन,
हे जीवन, किन छौ यति जटिल,

हे जीवन, प्रश्नहरू तिम्रा छन् कति कठिन ।
हे जीवन, किन सबै जना यति भेदभाव गर्दछन् ।
हे जीवन, छन् तिमीसँग यी प्रश्नका उत्तर ?
हे जीवन, देखाउन मलाई बाटो, देऊ  कि उत्तर? 
हे जीवन, बुझाउन मलाई यो समाज र संसार। 
हे जीवन, सिकाउन मलाई कठिन परिस्थिति गर्न पार।
हे जीवन, कस्तो हुनुपर्छ मेरो व्यवहार,
हे जीवन, के हो संस्कार?

हे जीवन, कसरी बस्न सक्छन् ती ताराहरू भई यति चम्किला?
हे जीवन, के ती पनि करले नै हाँस्छन् ?
हे जीवन,बुझाइदेऊ न  मलाई भावना,
हे जीवन, कसले दिनलाई दीर्घ बनाई “दीन” बनाउन सक्ला ?
हे जीवन, रून मन लागे पनि किन रोक्नुपर्ने?
हे जीवन, समाजअनुसार किन चल्नुपर्ने?
हे जीवन, हे जीवन, किन छौ यति महत्तवपूर्ण?