Logo

Student Corner

पानी

Written by: Shatakshi Pandey - 31029, Grade IV

Posted on: 29 August, 2022

यो धर्तीमा भएका मानवजाति, पशुपन्छी, वनस्पति आदि सबैका लागि अत्यन्त जरुरी र महत्त्वपूर्ण वस्तु हो पानी । पानी एउटा तरलपदार्थ हो । पानीविना यो संसारका मानिस लगायत अरु कुनै पनि प्राणी जीवित रहन सक्दैनन् । बोटबिरुवाहरू पनि पानीविना बाँच्न सक्दैनन् । त्यसैले पानी हाम्रा लागि प्रकृतिको अमूल्य उपहार हो । पानी धेरै काममा प्रयोग हुन्छ । पानी पिउन, खाना पकाउन, लुगा धुन, भाँडा सफा गर्न चाहिन्छ । पानी हाम्रो जीवन हो । पानी हामीले खेर फाल्नु हुँदैन ।