Logo

Student Corner

साइबर क्राइम'

Written by: Kriti Nepal - 24022, Grade XI

Posted on: 26 August, 2022

साइबर क्राइम भनेको इन्टरनेट सञ्जालकाे माध्यमबाट ठगी, चोरी, ह्याकिङ, गोपनियताको उल्लङ्घन आदि जस्ता गैरकानुनी कार्य भन्ने बुझिन्छ । अहिलेको समयमा यसबारे लगभग सबैलाई केही हदसम्म थाहा हुनुपर्छ । साइबर अपराधलाई कम्प्युटर क्राइम पनि भनिन्छ । वर्तमान युगमा मानिसहरूमाझ इन्टरनेटकाे पहुँच बढ्दै गएका कारण साइबर क्राइम पनि बढिरहेको छ । साइबर अपराधले कसैको पेसागत व्यवासाय, सेवा, आर्थिक क्षेत्र, पारिवारिक तथा सामाजिक जीवनलाई समेत हानि पुर्‍याउन सक्छ । डिजिटल डाटा उपलब्ध भएमा जुनसुकै ठाउँमा साइबर अपराध हुन सक्छ । अनलाइन साइबर अपराध गर्ने व्यक्ति वा समूहलाई साइबर अपराधी भनिन्छ । हाल साइबर अपराधबाट साेझासाझा नागरिकले निकै सास्ती बेहाेर्नु परेकाे छ । यसकै कारण कति मानिसकाे मृत्यु भएकाे छ भने कतिले आर्थिक नाेक्सानी पनि बेहाेर्नु परेकाे छ ।अत: यसबाट बच्न विभिन्न उपायहरू अपनाउन सकिन्छः
आफ्ना पासवर्डहरू सुरक्षित र बलियो बनाउने: अक्षर, सङ्ख्या र विशेष क्यारेक्टरहरू प्रयोग गरी आफ्नो पासवर्ड जटिल बनाउने ताकि अरूले यसलाई अनुमान गर्न नसकुन्।
कम्प्युटर सफ्टवेयर सधैँ अपडेट राख्ने: नयाँ सुरक्षा सफ्टवेयर भएकाले कम्प्युटरलाई धेरै भाइरस र अनलाइन खतराहरूबाट जोगाउन मद्दत गर्छ।
ससाना बालबालिका तथा नयाँ प्रयाेग कर्ताहरूलाई इन्टरनेटमा कसरी काम गर्ने भनेर सिकाउने अनि उनीहरूलाई इन्टरनेटको फाइदा र बेफाइदाहरूबारे जानकारी गराउने ।

समाजिक सञ्जालमा व्यक्तिगत पहिचान हुने जन्ममिति र बस्ने ठाउँ जस्ता जानकारीमूलक सूचना  समावेश गरियो भने यसले अपराधीहरूलाई विभिन्न तथ्याङ्कहरू चोर्न मद्दत गर्दछ ।
आफ्नाे डिभाइस प्रयाेगपछि सधैँ आफ्नाे एकाउन्ट अफ गर्ने: यदि कम्प्युटर प्रयोग गरिसकेपछि लग अफ गरियाे भने निजी जानकारी थाह पाउन सक्दैनन् ।
असुरक्षित लिङ्क वा वेबसाइटहरू नखोल्ने: साइबर अपराधीहरूले ट्वीट, पोष्ट आदिमार्फत उत्पादनहरूको विभिन्न नक्कली विज्ञापनहरू पठाउँछन् । यदि त्यो विज्ञापन अलिकति शङ्कास्पद देखिन्छ भने यसलाई वास्ता नगर्ने
साइबर कानुनले साइबर अपराधलाई नियन्त्रण गर्ने काम गर्छ । नेपाल सरकारले ‘द इलेक्ट्रोनिक ट्रान्जेक्सन एन्ड डिजिटल सिग्नेचर ऐन–अर्डिनन्स’ नामक चर्चित साइबर कानुन पारित गरेको छ । यसले इन्टरनेट र कुनै पनि अनलाइन प्लेटफर्मका प्रमुख मुद्दाहरूमा निगरानी राख्ने काम गर्छ । यसले मुख्यतया साइबर अपराधसँग सम्बन्धित मुद्दाहरू हेर्ने काम गर्दछ ।