Logo

Student Corner

यात्रा

Written by: Aavash Malla - 26001, Grade IX

Posted on: 26 August, 2022

टाढाको छ यात्रा अब‍‍‍‌‍
देश बाेकेर देश छाड्ने निर्णय गरी
बाआमा परिवार  छाडेपछि 
राम्ररी बाचाैँ र बचा‌‌‌‍‌‍‍‍औँ भनी

सबै छोडी गएर 
विदेश यात्रा न भने जस्तो न साेचे जस्ताे 
रहेन छ यहाँ 
पैसा त परकाे  कुरा ।

एक्लै गयौ विदेशमा 
दिन र रात मिहिनेत गरी
परिवार नेपालमा 
आफू खाडी मुलुकमा

सम्झिदा हुन् आफ्नो परिवारलाई 
कति सताउँदाे हो यादहरूले 
जानी जानी त्याे लामाे यात्रा
पक्कै थालिएकाे हाेइन 
तर समयले टाढा  पुऱ्यायो
कसरी फर्किने हाे  थाहा छैन 
बाकसमा या जिउँदै
आफू दिनरात खटेर 
अरूको देशमा

लाग्दो हो आफ्नो देशको माया 
तर गर्न सकिन्छ के नै यहाँ 
कहिले फर्किन्छाै भन्छिन् हाेलिन् 
घरमा पर्खेकी ती आमा
खै, याे जीवनकाे यात्रा कहाँ र कहिलेसम्म छ …।