Logo

Student Corner

सगरमाथा

Written by: Bibechana Dangol - 30009, Grade V

Posted on: 26 August, 2022

नेपालको उत्तरमा धेरै हिमालहरू छन् I संसारका ८००० मिटरभन्दा अग्ला दश हिमालमध्ये आठवटा हिमाल नेपालमा पर्छन् I तीमध्ये सगरमाथा संसारको सबैभन्दा अग्लो हिमाल हो I यसको उचाइ समुन्द्रकाे सतहबाट ८८४८ मिटर रहेकाे छ I यो सगरमाथा हिमाल साेलुखुम्बु जिल्लाको खुम्जुङ्ग गाउँपालिकामा पर्छ I यसले नेपाल र नेपालीको शान बढाएको छ I नेपाललाई  संसारमा सगरमाथाको देश भनेर चिनाएको छ I सगरमाथालाई तिब्बतमा चोमोलुन्ग्मा भनेर चिनिन्छ I जर्ज एभरेस्टले यसको नाम माउन्ट एभरेस्ट नाम राखेका हुन् I नेपाली इतिहासकार बाबुराम आचार्यले यस हिमालको नाम सगरमाथा राखेका हुन् I सगरमाथाको अर्थ गगनचुम्बी हो I सगरमाथाको मौसम एकदम चिसो हुन्छ I पौष माघमा यहाँको तापक्रम -५९  डिग्री  र असार श्रावणमा -१० डिग्री सम्म हुन्छ I सगरमाथामा धेरै हिमनदीहरू पनि छन् I सगरमाथा चढ्नेहरूको सङ्ख्या दिनप्रतिदिन बढिरहेको छ I स्वदेश र विदेशका पर्बतारोहीहरू सगरमाथा चढ्न आउँछन् I नेपालका तेन्जिंग नोर्गे शेर्पा र न्युज़ल्याण्डका एडमण्ड हिलारी सन् १९५३ मे २९ का दिनमा पहिलोपटक सगरमाथा चढ्न सफल भए I सगरमाथा हाम्रो देशको आम्दानीको मुख्य श्रोत हो I सागरमाथा चढ्नेहरूले सरकारलाई कर तिरेको हुन्छ I नाम्चे बजारमा पर्यटकहरूका  लागि होटलहरू सञ्चालन भएका छन् I त्यस्तै कतिपय मानिसहरूले पर्यटकहरूको मार्गदर्शक बनेर पनि पैसा कमाएका छन् I