Logo

Student Corner

आजको समाज

Written by: Prasoon Chapagain - 23031, Grade XII

Posted on: 25 August, 2022

पहिलेको समय र पहिलेका मानिसहरूको सोचाइभन्दा अहिलेका मानिसहरूको सोचाइमा फरक आए पनि पहिलाको समाजभन्दा केही कुराहरूमा अहिलेकाे समाज विकसित परिवर्रित समाज हाे । यही विकसित समाजमा पनि कुनै  कुरा बिग्रिदै गएको छ । पहिले महिला र पुरुषबिचमा हुने भेदभाव जताततै देखिन्थ्यो तर आजभोलि भने मानिसहरूको सोचाइमा पनि परिवर्तन आएको छ । यस्ता किसिमका महिला र पुरुषबिच हुने भेदभाव कम हुँदै गएका छन् । कतै न कतै केही न केही कुरामा अलि अलि भेदभाव हामी अहिले पनि देख्न सक्छौँ । सती प्रथा, दास प्रथा, कमैया प्रथा, हलिया प्रथा, बाल विवाह जस्ता केही कुप्रथाहरू नियन्त्रण तथा निर्मूल भइसकेका छन् भने केही कुप्रथाहरूकाे न्यूनीकरण भएका  छन् । अहिले पनि जातपात तथा वर्गका नाममा हुने विभेद हाम्राे समाजबाट हट्नु तथा कम हुनु भनेको हाम्रो लागि सुखद् कुरा हो । 
पहिले बालबालिकाहरू घरबाहिर निस्किन्थे । खेल मैदानमा अनेक खेलहरू खेल्थे। प्रकृतिसँग रमाउँथे । साथीहरूसँग घुलमिल हुन्थे । साथी बनाउँथे । वर्तमान अवस्थामा भने घरबाहिर निस्कने र खेल्न जाने भनेकाे एकादेशकाे कथाजस्तै नबन्ला भन्न सकिन्न ।  यस्ताे अवस्था अहिलेकाे प्रविधिले गिजाेलेकाे समाजमा घरमै बसेर अनलाइन माध्यमबाट खेलिने खेलमा  फुर्सद हुनु पर्यो नि। यही कारणहरूले गर्दा पनि हो पहिलाको मान्छेहरू फुर्तिला, तन्दुरूस्त हुन्थे । अहिलेका हेर्यो भने सबै घरमै बस्ने कतै जाँदा पनि साधनविना नजाने हुन्छन् । हिँड्ने त कतै पनि छैनन् । अनि कसरी फुर्तिला हुनु र । आजकालको बालबालिकादेखि लिएर बुढाबुढीसम्म धेरैको आँखामा चस्मा देख्छाैँ । किनभने मोबाइल र ल्यापटप भर्खर जन्मेको बच्चादेखि ८०/ ९० वर्षका बुढाबुढीको हातमा मोबाइल हुन्छ । सूचना प्रविधिकाे विकास भए पनि मानिसका आनीबानी र क्रियाकलापमा परिवर्तन हुन जरुरी छ ।