Logo

Student Corner

नेपाली राजनीतिमा विकृति

Written by: Smriti Lama - 25015, Grade X

Posted on: 25 August, 2022

विकृति भनेको के हो त ? विकृति भनेको कुनै कुराको विकार, बिगार वा खराब  हुनु हो । केही कुरामा विकृति देखिन थाल्यो भने विविध क्षेत्रमा प्रभाव पार्न सक्छ । त्यस्ता विकृतिका क्षेत्रहरु  हुन सक्छन् जस्तै; पारिवारिक विकृति,सामाजिक विकृति,सांस्कृतिक राजनैतिक विकृति आदि । पारिवारिक विकृतिले परिवारलाई, सामाजिक विकृतिले समाजलाई असर पार्छ भने राजनैतिक विकृतिले देशलाई  नै असर गर्छ ।
विगत केही वर्षदेखि नेपालको स्थिति हेर्ने हो भने नेपालको राजनीति साह्रै विकृत भएको छ । नेपालको राजनीति विकृत हुनाका कारणहरू धेरै छन् तर मलाई लाग्छ सबैभन्दा प्रमुख कारण भनेकाे भ्रष्टाचार हाे । हाम्रो देशमा धेरै मानिसहरू नेतृत्व गर्ने तहमा पनि  छन् तर पनि अहिलेसम्म कसैले देशकाे विकास वा सकारात्मक परिवर्तन हुने काम गरेका छैनन् । मैले सबै नेतृत्व गर्ने नेताहरूलाई नराम्रो भन्न खोजेको हाेइन । देशमा भएका सबै नेता त अबुझ पनि छैनन् होला । आफ्नो देशको परिवर्तनका बारेमा सोच्ने पनि हुनुपर्ने ? यदि भएको भए अहिले हाम्रो देश नेपाल यो ठाउँमा हुँदैनथ्यो होला । हाम्रो देशका नेताहरूकै कारण देशको राजनीति अहिलेसम्म पनि जनताले साेचेजस्ताे राम्रो हुन सकेको छैन । देशमा उठ्ने करकाे सही सदुपयाेग पनि भएकाे पाइँदैन । सरकारले बजेटकाे प्रयोग गलत ठाउँमा गर्‍यो भने कसरी देश विकास हुन्छ ? कसरी राजनितिमा सुधार आउँछ ? कुनै पनि क्षेत्रमा विशेष बजेट छुट्ट्याइएको हुन्छ अनि त्यसमा पनि सबैभन्दा उच्च स्तरका मानिसले आफ्नै स्वार्थअनुरूप प्रयोग गरिरहेका हुन्छन् । बजेटकाे समानुपातिक वितरण प्रणालीका आधारमा नभएका कारणले पनि देशका नागरिकहरूले गुणस्तरीय तथा दीगाे विकास कस्ताे हुन्छ भन्ने कुराकाे अनुभूति गर्न पाएका छैनन् । मलाई लाग्छ, युवा पुस्ताले संसद तथा  सरकारमा सहभागिता जनाए विकासका काम धमाधम गर्न सकिन्छ भन्ने कुरा पुराना पुस्ताले अझै स्वीकार गरेका छैनन् । युवाहरूलाई देश परिवर्तन गर्नका लागि राजनीतिमा असफल भएकाले बाटाे खुला गर्नुपर्छ । युवाहरूलाई मौका दिनुपर्छ । पुरानाहरू पदबाट बाहिर हुनुपर्छ किनभने उनीहरूसँग भएकाे राजनीति अनुभव  युवाहरुलाई बाँड्नु पर्छ तर थाहा छैन सदावहार राजनीतिक पेवा ठान्नेहरुले आजका जनतालाई के चाहिन्छ र हामी विकासका कामहरू कसरी छिटो गर्न सक्छौँ भन्ने कुरा । भ्रष्ट सरकारका कारण देशमा विकास निर्माणको काम राम्ररी हुन सकेको छैन । याे सबै राजनीतिक विकृतिका कारणले भएकाे हाे भन्न सकिन्छ । त्यसैले राजनीति विकृतिकाे निवारण गर्नु हामी सबैकाे प्रमुख दायित्व हाे ।