Logo

Student Corner

गुन्यु चाेली

Written by: Aayotrie Chaudhary - 27019, Grade VIII

Posted on: 25 August, 2022

धेरै दिन पर्खेपछि जेनिफर उठ्नेबित्तिकै खुसी भइन । त्यो दिन जेनिफर  र उनका दिदीबहिनीको  गुन्यू चोली थियो । एक दिन अगाडि जेनिफर, उनकी बहिनी, उनकी आमा र दिदीहरू मेहेन्दी लगाए । अझै केही दिन अगाडि उनीहरूले घरपूजा गरे । उनीहरूको घर निलो र पहिलो छ । घर पूजामा पुजारी आएर संस्कृत श्लाेक भन्नुभयो। जेनिफर त्यो दिनभरि नै उत्साहित थिइन् । 
गुन्यू चोली  दिनको बिहान जेनिफर खुसी भएर बिहानको खाना खाइन् । बिहानको खाना खैरो पाउरोटी , अन्डा र ताजा स्याउ थियो। त्यसपछि जेनिफर र उनीका दिदीबहिनीहरूले गुन्यू चोली लगाउन सुरू गरे । तीन जनाको गुन्यू चोली जोडी मिलेको थियो । जेनिफरको गुन्यू चोली रातो र सुनौलो थियो । उनकी बहिनी पुतली जस्तै देखिएकी थिइन्। तिनै दिदीबहिनी दुलही जस्तै देखिएका थिए । त्यो अवसरमा सुरूमा जेनिफर र उनका दिदीबहिनीले मिठो खाजा खाए। त्यसपछि तिनै जना एउटा सजिएको कोठामा गएर बसे । त्यो कोठामा आफन्तहरू आएर टीका लगाएर आर्शिवाद र उपहार दिनुभयो। उनीहरूले धेरै आफन्त चिने तर केही आफन्त चिनेनन्। बेलाबेला उनीहरू कोठाबाट बाहिर पनि निस्किन्थे । गुन्यू चोलोमा अरू धेरै केटा केटी आएका थिए। अन्तमा सबैले मिलेर भोज खाए अनि त्यस पछि सबै जना मस्त नाचे ।  थाकुन्जेल नाचे। जेनिफरका बाजे धेरै खुसी भएर लुङ्गी बेरेर लुङ्गी डान्स गर्नुभयो। त्यसपछि जति थाकेको भए पनि जेनिफर र उनका दिदीबहिनीले पाएको पैसा गन्न थाले र उपहार खोतल्ने थाले। राति भएर आफन्तहरू बिस्तारै घर जान थाले। अन्त्यमा जेनिफर र उनका दिदीबहिनीले लुगा फेरेर सबै जना आराम गरे ।